राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चकाे आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चकाे आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 


बर्दिया – राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चकाे आयोजनामा ‘ग्लोबल मनी विक’ २०२४ को अवसरमा २७ वटा लघुवित्त संस्थाहरूको संयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम गेरुवा गा.पा. को शान्त बजार कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न लघुवित्तका सदस्य तथा कर्मचारी गरी १२३ जनाको उपस्थिति रहेको थियो।

जसमा शान्ति पूर्ण मौन ¥आली शान्ति बजारको बजार परिक्रमा गरे पश्चात् होटेल नेप्सेन्टिकमा वित्तीय जागरण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको सभापतित्व मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक तथा यस मञ्चका अध्यक्ष श्री पहरामा जैसिले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि। केन्द्रीय कार्यालय कोहलपुरका नायव प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार पोखरेल , साथै अतिथिहरूमा शान्ति बजार बजार व्यवस्थापन समितिका अध्यक्ष श्री तुल्सा प्रसाद खनाल, एन आई सी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका अनुगमन अधिकृत श्री मधुसूदन निरौला र गेरुवा गाउँपालिका बडा नं ०३ का बडा सदस्य श्री जमान सिँह कडायतको उपथिति रहेको थियो ।

कार्यक्रममा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक श्री प्रदिप पनेरुले कार्यक्रम बारे प्रकाश पार्नुका साथै बचत किन आवश्यक छ र किन बचत गर्नेबारे छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालय मानपुर टपराका शाखा प्रबन्धक श्री निरुता सिंह र कर्जा सदुपयाेगिता र दुरुपयोग हुँदा के हुन्छ भन्ने विषयमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालय मानपुर टपराका शाखा प्रबन्धक श्री दिलसरा थापाले प्रकाश पारेका थिए ।

 कार्यक्रमको स्वागत मन्तव्य इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय शान्ति बजारका शाखा प्रबन्धक श्री सन्जिता कुमारी चौधरीले गर्नुका साथै कार्यक्रमको सहजीकरण लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक श्री लोकेन्द्र खड्काले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि पोखरेलले विश्व वित्तीय सप्ताहको अवसरमा लघुवित्तको सदस्यलाई वित्तीय सचेतनाको कार्यक्रम आयोजना गरेकोमा राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चलाई धन्यवाद दिदैँ  कार्यक्रमले यस क्षेत्रको जनतामा वित्तीय चेतना वृद्धि हुने विश्वास व्यक्त गरे ।