शेयर बजार झिनो अकंले घट्यो,काराेबार रकम कति ?

शेयर बजार झिनो अकंले घट्यो,काराेबार रकम कति ?


काठमाडौैं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.३४ अकंले घटेर २०६३.९५ बिन्दुमा बन्द भएको छ। आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ।

बुधबार सोनापुरको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १९ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। साथै, शिवम सिमेन्टको १७ करोड ६० लाख रुपैयाँ र गोर्खास फाइनान्सको ११ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ।

आज ९४ कम्पनी फाइदामा जाँदा १४७ कम्पनी घाटामा गएका छन् भने ४ कम्पनीको कारोबार स्थिर रहेको छ।