महिला लघुवित्तको २ लाख ९९ हजार कित्ता सेयर बिक्रीमा

महिला लघुवित्तको २ लाख ९९ हजार कित्ता सेयर बिक्रीमा


काठमाडौं– महिला लघुवित्त वित्तीय कम्पनीले २ लाख ९९ हजार ४७२ कित्ता शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूह तर्फको उक्त सेयर विद्यमान संस्थापकका लागि मात्र विक्रीमा राखेको हो ।

खरिद आवेदन दिन चाहने इच्छुक सेयरधनीले ३५ दिनको अवधि भित्र काभ्रेको साँगास्थित कम्पनीको केन्द्रीय कार्यालय वा काठमाडौंको ठमेलस्थित संस्थाको सेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।