काठमाडौं– कारोबारको तेस्रो दिन शेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा बन्द भएको छ ।
आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १०४ कम्पनी नाफामा गएका छन् भने १२८ कम्पनी घाटामा गएका छन् । यसैगरी आज ११ कम्पनीको कारोबार भने स्थीर रहेको छ ।
प्रतिक्रिया