साउथ एसियाका बैंकहरुमध्ये नेपालका बैंकहरु उत्कृष्ट छन् : अध्यक्ष केसी

साउथ एसियाका बैंकहरुमध्ये नेपालका बैंकहरु उत्कृष्ट छन् : अध्यक्ष केसी


काठमाडौं– नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले साउथ एसियाका बैंकहरुमध्ये नेपालका बैंकहरु उत्कृष्ट भएको बताएका छन् ।

ग्लोबल मनी विकको अवसरमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले हाल बैंकिङ्ग क्षेत्रको बारेमा फैलिएको अफवाह गलत भएको उल्लेख गर्दै नेपालका बैंकहरु उत्कृष्ट रहेको बताएका हुन् ।

साथै उनले जनताको पैसाको संरक्षण गर्ने काम बैकले गर्ने बताउँदै भने, ‘बैकले लोन दिँदैन भन्ने हल्ला छ । लोन दिने बेला हामी सबै कुरा हेर्छौं र लोन तीर्न सक्नेलाई मात्र लोन दिछौं ।’