कुमारी बैंकको १ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको १ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६१ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । साथै, तोकिएको समयभित्र संस्थापकहरुको खरिद आवेदन नपरेमा शेयर अन्य व्यक्ति वा संस्थामा बिक्री गरिनेछ ।

त्यस्तै बैंकले शेयरधनी रत्ना कुमारी आले मगरको नाममा रहेको तीन हजार ५८७ कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसमा संस्थापक भन्दा अन्य व्यक्तिले खरिद आवेदन दिन पाउनेछन्। खरिदकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।