काठमाडौं– कोका–कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वल्र्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ । गत शुक्रबार बौद्धस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौं इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ’द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेका हो ।
कार्यक्रममा कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्, ‘कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको छ । परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौं ।’
कोका–कोलाले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । कार्यक्रममा प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियोे । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरु पनि कार्यक्रममा उपस्थित थिए ।
प्रतिक्रिया