१८ अर्ब ३० लाखको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल भोलि

१८ अर्ब ३० लाखको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल भोलि


काठमाडौं– नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० लाख रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने ५ अर्ब रुपैयाँको, १८२ दिने ४ अर्ब ३० करोड रुपैयाँको र ३६४ दिने ९ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरण गर्ने भएकाे हाे ।

यी ट्रेजरी क्रमशः २०८१ वैशाख ४ गते, २०८१ जेठ असोज १ गते र २०८१ चैत ४ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिल चैत ६ गते जारी हुनेछ। यसको बोलकबोल भोलि (साेमबार)चैत ५ गते दिउँसो ३ बजे हुनेछ।