महुली लघुवित्तको ११औं वार्षिक साधारण सभा चैत २६ मा

महुली लघुवित्तको ११औं वार्षिक साधारण सभा चैत २६ मा


काठमाडौं– महुली लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा चैत २६ मा हुने भएको छ । फागुन ३ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सभा आफ्नै केन्द्रीय कार्यालयमा गर्ने निर्ण गरेको छ ।

सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्मको वासलात, २०७९ श्रावण १ गते देखी २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण प्रस्तुत हुनेछन्

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लागी लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।