लाभांश नदिने निर्णय आशा लघुवित्तको

लाभांश नदिने निर्णय आशा लघुवित्तको


काठमाडौं– आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा लाभांश नदिने निर्णय गरेको छ। फागुन १२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त निर्णय गरी कम्पनीले आर्थिक वर्ष २०७९/२०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहितको वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्नेछ ।