काठमाडौं– आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ०६ पैसा र बिक्री दर १४४ रुपैयाँ ७१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।
हेर्नुहोस् कुन मुद्राको विनिमय दर कति ?
प्रतिक्रिया