बजेटका सिद्धान्त र प्राथामिकतालाई पुनःलेखन गर्नुपर्छः उपाध्यक्ष पौडेल

बजेटका सिद्धान्त र प्राथामिकतालाई पुनःलेखन गर्नुपर्छः उपाध्यक्ष पौडेल


काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकतालाई पुनःलेखन गर्न सुझाव दिएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै एमालेका उपाध्यक्ष पौडेलले अर्थमन्त्री वर्षमान पुनलाई यस्तो सुझाव दिएका हुन् । उनले अर्थमन्त्री पुनलाई निःवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको प्रस्ताव सांसदमा भएको छलफल र सांसदहरुको धारणाको आधारमा पूर्णरुपमा परिमाजर्न गर्न आग्रह गरे ।

पौडेलले अघिल्ला अर्थमन्त्रीले संसदमा प्रस्तुतगरेको बजेटका सिद्धान्त र प्राथामिकतलाई कानूनी र व्यवहारिक समस्याले संसदमा छलफल गर्नुपरेको बताए । उनले बजेटका सिद्धान्त र प्राथामिकत प्रश्तुत गर्ने अर्थमन्त्री नभएपछि वर्तमान अर्थमन्त्रीले पुन बजेटका सिद्धान्त र प्राथामिकता प्रस्तुत गर्न पाउनुपर्ने आशय व्यक्त गरे ।

पूर्वअर्थमन्त्री पौडेलले बजेटका सिद्धान्त र प्राथामिकतलाई देशका समस्या समाधान हुनेगरी परिवर्तन गर्न अर्थमन्त्रीलाई सुझाव दिएका हुन् । उपाध्यक्ष पौडेलले अघिल्ला अर्थमन्त्री महतले पेश गरेको आगामप् आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकता ‘शब्द र वाक्यको भीड मात्रै’ भएको धारणा राखे ।

उनले बजेटको सिद्धान्त र प्राथामिकता परिमार्जन नगरेसम्म समर्थन गर्न लाएक नभएको जिकिर गरे । पौडेलले यो सिद्धान्त र प्राथमिकताले वर्तमान अर्थतन्त्रका कुनै समस्या समाधान गर्ने नसक्ने दाबी गरे। उनले यो सिद्धान्त र प्राथामिकताको प्रस्तावमा छलफलले संसदको समयलाई अपव्यय हुने बताए ।

उपाध्यक्ष पौडेलले प्रधानमन्त्रीले गठबन्धन फेर्नुपर्ने आवश्यकता बजेटको सिद्धान्त र प्राथामिकतामा नेपाली काँग्रेसले राखेको धारणाले पुष्टि गरेको जीकिर गरे । पौडेलले पुर्नलिखित सिद्धान्त र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार बनाउन पनि अर्थमन्त्रीलाई सुझाव दिए ।