‘प्रतिस्पर्धी सेवा दिन सहकारीहरु प्रविधिमा जोडिन आवश्यक’

‘प्रतिस्पर्धी सेवा दिन सहकारीहरु प्रविधिमा जोडिन आवश्यक’


काठमाडौं– राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले छिटो, छरितो, विश्वसनीय र प्रतिस्पर्धी सेवा दिन सहकारीहरु पनि प्रविधिमा जोडिन आवश्यक रहेको बताएकी छिन् । महासंघको आयोजनामा आजबाट सुरु भएको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै अध्यक्ष मल्ले सहकारीहरु पनि डिजिटलाइजेशनको बाटोमा जान आवश्यक रहेको बताइन् ।

सहकारी संस्थाले गरेको लगानी समयमा असुली नहुँदा अहिलेको समस्या आएको उनको भनाइ छ । सहकारी ऐन २०७४ मा कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधिकरण र कालो सूचीको व्यवस्था गरेको भएपनि समयमा कार्यन्वयन नहुँदा समस्या भएको उनले जनाइन् । सरकारले सहकारी क्षेत्रको लागि बजेट व्यवस्था गन कन्जुस्याइ गरेको भन्दै उनले यसले गर्दा सहकारीको विकास र प्रवर्द्धनमा समस्या भएको बताइन् । सायै आगामी बजेटमा सहकारीका लागि प्रयाप्त बजेटको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

सहकारीलाई अर्थतन्त्रको ३ खम्बामध्ये एकको रुपमा लिएको भएपनि राज्यले त्यो व्यवहार नदेखाएको गुनासो गर्दै उनले सहकारीको खोल ओडेर सदस्यको बचतको दुरुपयोग गर्ने जो कोहीलाई पनि राज्यले छोड्न नहुनेमा जोड दिइन् ।