बिहीबार नेप्सेमा भारी अंकको गिरावट, कारोबार रकम कति ?

बिहीबार नेप्सेमा भारी अंकको गिरावट, कारोबार रकम कति ?


काठमाडौं– साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से २७.८४ अकंले घट्दै २ हजार ८० को विन्दुमा पुगेर बन्द भएको हो ।

यसदिन ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय २ रुपैयाँ पुगेको छ । योसँगै आज ४२ कम्पनी नाफामा गएका छन् भने १९८ कम्पनी घाटामा छन् । ४ कम्पनीको भने कारोबार स्थिर छ ।