काठमाडौं– चालु आर्थिक वर्षको माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकले करिब साढे ३५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्। यो अवधिमा २० वटा वाणिज्य बैंकले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । माघसम्ममा नबिल बैंकले ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो महिनामा नबिलसँगै ग्लोबल आइएमई, एनआईसी एशिया बैंक हुने गर्दथे ।
अहिले भने एनआईसी एशिया बैंक छैटौं स्थानमा पुगेको छ । यस अवधिमा नाफा आर्जन गर्नेमा छैंठौ नम्बरमा परेको एनआइसी एशिया बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
चौथो स्थानमा रहेको प्राइम बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने पाँचौ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ३८ करोड र एभरेष्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ९४ करोड १७ लाख, हिमालय बैंकले १ अर्ब ८३ करोड ७४ लाख, एनएमबिले १ अर्ब ६५ करोड ९७ लाख, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख, कुमारी १ अर्ब १२ करोड १९ लाख रुपैयाँ, सिटिजन्स ९९ करोड ७८ लाख, माछापुच्छ्रे ९८ करोड ४ लाख, नेपाल बैंक ९५ करोड ९१ लाख, प्रभु बैंकले ९२ करोड ७६ लाख नाफा आर्जन गरेको छ । यस अवधिमा नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ सबैभन्दा कम नाफा आर्जन गरेको छ ।
प्रतिक्रिया