सञ्चालक एक्लैको गल्तीले मात्र सहकारीमा समस्या निम्तिएको होइन : पदम गिरी

सञ्चालक एक्लैको गल्तीले मात्र सहकारीमा समस्या निम्तिएको होइन : पदम गिरी


काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारी सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या ननिम्तिएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले कतिपय ऋणीका कारण पनि सहकारीहरु समस्या देखिएको उल्लेख गरे ।

सरकारको नियमन कार्यशैलीप्रति उनले सहकारीबाट ऋण लिएर ठूूला ठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियमाक निकाय कहाँ थियो ? भन्दै प्रश्न गरे । सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर यति ठूलो समस्या आउँदा ध्यान नदिनु दुखद् भएको उनको भनाइ छ । सदस्यको बचतबाट ऋण दिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न आग्रह गर्दै ऋण नतिर्ने छुट कसैलाई नभएको उनले औंल्याए ।