भारतमा आयोजित ५९ औं गभर्नर सम्मेलनमा गभर्नर अधिकारीको सहभागीता

भारतमा आयोजित ५९ औं गभर्नर सम्मेलनमा गभर्नर अधिकारीको सहभागीता


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भारतको मुम्बईमा आयोजित ४३ औं सिसेन बोर्ड अफ गभर्नर्स बैठक र ५९ औं गभर्नर सम्मेलन/ उच्चस्तरीय सेमिनारमा सहभागी भएका छन् । गर्भनर अधिकारी फागुन ३/४ गते भारतीय रिजर्व बैंकद्वारा आयोजित उक्त सम्मेलनमा सहभागी भएका हुन् ।

सम्मेलनका क्रममा गर्भनर अधिकारीले नेपाल र भारत बीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीको विकासका लागि भारतको युनिफाइड पेमेण्ट इन्टरफेन्स (यूपीआई) र नेपालको नेशनल पेमेण्ट इन्टरफेन्स (एनपीआई) मा द्धिपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । बैकठमा सन् २०२४ का निम्ति प्रस्तावित प्रशिक्षण र अनुसन्धान, बजेट, साङ्गठनिक नतिजालगायतका विषयमा छलफल भई
सहभागीको राय/सुझावका आधारमा प्रस्तावहरू अनुमोदन भएको थियो ।त्यस क्रममा कोभिड–१९ सङ्क्रमणयताको अवधिमा विश्व अर्थतन्त्रले सामना गरेका मुद्रास्फीति, उच्च ब्याजदर, भू–राजनीतिक तनावलगायतका चुनौतीबारे विस्तृत छलफल भएको थियो । तीन वटा सम्मेलनको तेस्रो सेसनमा गभर्नर अधिकारीले प्यानलिष्टको भूमिका निभाएका थिए । सो अवसरमा उनले ‘डिजिटल फाउण्डेसन’ स्थापनामा पछिल्लो समय नेपालले उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्दै सन् २०२६ सम्ममा ‘केन्द्रीय बैंक विद्युतीय मुद्रा’पाइलट परीक्षण गर्ने तयारी रहेको जानकारी दिए ।

बैठकका क्रममा गभर्नर अधिकारीले भारतीय रिजर्व बैंक र नेसनल बैंक अफ कम्बोडियाका गभर्नर तथा मनिटरी अथोरिटी अफ सिङ्गापुरका मेनेजिङ डाइरेक्टरसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए । सम्मेलनमा सहभागी भएर गभर्नर अधिकारी फागुन ८गते स्वेदश फर्किएका थिए ।