सामाजिक सञ्जालका रुपमा भाइबर सूचीकृत

सामाजिक सञ्जालका रुपमा भाइबर सूचीकृत


काठमाडाैं– नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो ।

याे सँगै भाइबर नेपालमा पहिलाे पटक सूचीकृत हुने सामाजिक सञ्जाल बनेकाे छ ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो ।