काठमाडौं– धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालल (डिब्यान)को प्रथम बार्षिक साधारण सभाबाट ४ बर्षका लागि कार्यसमिति सदस्य अधिवत्ता बिष्णु गिरी निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको साधारण सभाबाट अधिवत्ता गिरी सहित १३ सदस्सीय नयाँ कार्यसमिति बनेको छ । अर्थ सवाल साप्ताहिक कानुनी सल्लाहकार तथा इन्दीरा सेकुरिटिज प्रालिका सञ्चालक रहेका गिरी पछिल्लो समय कानुन व्यवसायको क्षेत्रमा परिचित नाम हो ।
धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको प्रथम साधारण सभाको उदघाटन नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीले गरेका थिए भने नेप्चेका कार्यकारी प्रमुख कृष्ण बहादुर कार्की लगायतको उपस्थिथि रहेको थियो । प्रथम साधारण सभाबाट अध्यक्षमा सागर ढकाल वरिष्ठ उपाध्यक्षमा अंञ्जीव तुलाघर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिबमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल सदस्यमा अधिवत्ता बिष्णु गिरी लगायत आठ जना सदस्य निर्वाचित भएका हुन् ।
अधिवत्ता गिरीले अनलाईन नवीकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक सरकारले राष्ट्रपतिले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरिसकेका छन् । मेलमिलाप कर्ता समेत रहेका गिरी पछिल्लो समय कानुन सम्बन्धी विभिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिँदै आएका छन् । नवनिर्वाचित सदस्य गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । गिरी अर्थ सवाल मिडिया प्रालि, अर्थ सवाल साप्ताहिकका कानुनी सल्लाहकार हुन गिरीले पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ ।
धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका नवनिर्वाचित सदस्य बिष्णु गिरीले, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङ्लादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् । सदस्य गिरीले राष्ट्रिय नागरिक सम्मान २०७६, बिशेष नागरिक सम्मान २०७९ लगायतका दजनौ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । उनी नेपाली उपभोत्ता संरक्षण महांसंघका केन्द्रीय सदस्य समेत हुन् ।
प्रतिक्रिया