कलेजको प्रोजेक्ट वर्क अहिले व्यवसाय:ब्याम्बो बजार

कलेजको प्रोजेक्ट वर्क अहिले व्यवसाय:ब्याम्बो बजार


काठमाडौं– पछिल्लो समय महिलाहरू आर्थिक रुपमा सबल बन्दै गएका छन् । आफ्नो व्यवसायलाई निरन्तरता दिँदै थोरै भएपनि आफैले कमाउन सकिने हो भने आत्मनिर्भर हुन सकिन्छ भन्ने धारणा पनि धेरैमा आइसकेको छ । अझ, पढाई सकेर वैदेशिक रोजगारीको लागि जानेको भिडमा स्वदेशमा सम्भव छ भनेर सुरुवात गर्नेहरूको जमात पनि बढेको छ । यस्तै, कोसिस नगरी हार खानु भन्दा कोसिस गरेर हेर्न रुचाएकी उद्यमीमध्ये एक हुन् प्रकृति  ढुंगेल । उनले कलेज प्रोजेक्टमा गरेको कामलाई अहिले व्यवसायमा परिणत गरि ‘ब्याम्बो बजार’ चलाइरहेकी छिन् । ‘ब्याम्बो बजार’ अर्थात बाँस बाट बनेको सामानहरुको बजार,  जहाँ बाँसले बनेको दाँत माझ्ने ब्रस, बाँसको काइँयो, लुगा झुन्ड्याउने ह्यांगर, साबुन राख्ने बाकस, भान्सामा प्रयोग हुने भाँडाकुँडा, कपडाको झोला, बोटल, घर सजावटको सामान, लगायत प्लास्टिकका विकल्पको रुपमा प्रयोग गर्न सकिने सामग्री पाइन्छ । यी सामान दैनिक जीवनमा उपयोग हुनुका साथै पर्यावरणमैत्री र टिकाउ हुने प्रकृति बताउँछिन्। । 

यसरी सुरुवात भयो व्यावसायिक यात्रा

कलेजमा बीबीए पढ्दै गर्ने क्रममा कलेजको स्टल प्रोजेक्ट वर्क  सेप्टेम्बरमा सुरु भयो, प्रकृति र उनको कलेजका साथीले कलेजको स्टलमा गोदावरी र चापागाउँ समुदायका बाँस निर्माताहरूले बनाएका बाँस उत्पादनहरू प्रदर्शन गरेका थिए । धेरै मानिसहरूले चासो दिएर सामान मन पराएको देखेपछि उनले बाँस बनाउने प्रक्रिया, यसको उत्पादन र नेपाली र अन्तर्राष्ट्रिय बजारमा यसको सम्भावनाबारे अनुसन्धान गर्ने निर्णय गरिन र केही महिनाको अनुसन्धान र डिजिटल मार्केटिङमा सीप सिकेपछि, प्रकृतिले इन्स्टाग्राममा एउटा स्टोर स्थापना गरिन जहाँबाट विभिन्न उत्पादनहरूको प्रचार र बिक्री सुरु गरिन ।उनी भन्छिन्,‘मेरो नाम जस्तै, म सँधै प्रकृतिसँग गहिरो संग जोडिएको छु, बासको सौन्दर्यको कदर गर्दै र यसका चमत्कारहरूमा अचम्मित छु । प्रकृति र मेरो देशप्रतिको प्रेमले वातावरण र हाम्रा समुदायहरूमा सकारात्मक प्रभाव पार्ने मेरो चाहनालाई उत्प्रेरित गरेको छ।’

दिगो जीवनको लागि उनको खोजमा, बाँसको अविश्वसनीय सम्भावना पत्ता लगाएको उनी बताउँछिन् । उनी आफ्नो हजुरबुबाले बाँसका उत्पादनहरू बुनेर्को सम्झिन्छन् । ‘मलाई उहाँको हातले बाँसको सामान बनाएको सीप याद छ । तर, समयसँगै नेपालमा बाँस उद्योग घट्दै गएको छ ।

यसैले, म हाम्रो दैनिक जीवनमा प्लास्टिकलाई प्रतिस्थापन गर्ने दिगो, पर्यावरणमैत्री विकल्पको रुपमा स्थानीय रूपमा बाँसका उत्पादनहरू प्रबर्धन गर्न चाहन्छु । यो वातावरणको लागि अत्यन्तै राम्रो छ र यसले स्थानीय समुदायलाई स्वरोजगार र आर्थिक उपार्जनको लागि पनि सहयोग  गर्दछ।’ ब्याम्बो बजारले पर्यावरण मैत्री विभिन्न बाँसका  सामाग्रीहरु उत्पादनको काम गरिरहेको प्रकृति बँताउछिन् । ‘हामी, बाँसको बजार, गुणस्तर र मूल्यमा सम्झौता नगरी प्लास्टिकको प्रतिस्थापक बन्न चाहन्छौं ।’

पचाँस हजार लगानीबाट सुरु गरिएको व्यवसाय

यस व्यवसायका लागि सुरुमा उनीले आफनो बुबा सगँ ५० हजार ऋण लिएर त्यहि लगानीबाट आफनो व्यवसायको सुरुवात गरेकी हुन् । छोटो समयमा नै बजारको राम्रोे प्रतिक्रिया पाएपछि लगानी थम्दै काम गरिरहेकी छिन् । परिवार बाट साथ, सहयोग पाएर नै व्यवसायलाई यो ठाउँ  सम्म पुराउन सकेको उनी बँताउछिन् । ‘व्यवसायको सुरुवात गर्दा विभिन्न चुनौतीहरू भयो पहिलो त हामी यो मार्केटमा नयाँ थियौ।’ के गर्ने कसरी गर्ने हाम्रो लागि सबै नयाँ काम थियो तर  जस्तो चुनौती भए पनि व्यवसाय सुरुवात गर्नु महत्वपुर्ण कुरा हुदो रहेछ  भन्दै  उनि प्रफुल्ल मुद्रामा भन्छिन  ‘५० हजारवाट सुरुवात गरिएको व्यवसाय अहिले महिनामा चार देखि पाचँ लाख सम्म कमाई हुन्छ ’ ।

असम्भब केहि छैन सबै सम्भब छ 

चुनौती त आफ्नो ठाउँमा छदै छ तर कुनै पनि काम, होस वा आफ्नै व्यवसाय गर्दा  परिवार वाट साथ भयो भने जस्तो सुकै परिस्थिति पनि पार गर्न सकिने बताउदै आफ्नो हौसलाको प्रमुख स्रोत उनि परिवारको साथ र सहयोगलाई मान्छिन  । आफुले अहिलेसम्म आफ्नो परिवारमा महिला भएर तिमी गर्न सक्दैनौ भन्ने कुरा कहिले पनि सुनिनन् । समय र परिस्थितिले परिपक्क बनाउने रहेछ भन्दै  महिला भएर कुनै पनि चुनौती सँग नडराइकन आफूले सोचेको काम पुरा गर्दै जान उनि सुझाउँछिन् । कुनै पनि महिला आत्म निर्भर भएमा कसैले पनि हेप्न नसक्ने हुँदा आफ्नो काम सुरुवात गर्नु पर्छ  । ‘आफू आत्मनिर्भर भयो भने सबै काम गर्न सकिन्छ ।अलिकति धर्यता, अलिकति मेहेनत गर्ने हो भने उनीलाई लग्छ  सबै सम्भव छ’ ।

विगतमा महिलाहरूको लागि अवसर कम भएको अवस्थामा अहिले धेरै अवसरहरू पनि बढेको उनि बताउछिन। उनका अनुसार ‘हाम्रो हजुरआमाको तुलनामा हामीले त धेरै अवसर पाएका छौ यसलाई कसरी आफ्नो सीप, आयमा परिणत गर्ने भन्ने जिम्मा अव तपाई हाम्रो हो।’

‘उमेरले काम गर्न रोक्दैन 

सानै उमेरमा आफ्नै काम गर्छु भन्नु नै आश्चर्य मान्ने प्रवृत्तिले नै नेपालमा नयाँ उद्यमीहरु कम जन्मेका प्रकृतिको बुझाई छ । सरकार र बैंकबाट पनि उमेर र अनुभव हेरेर मात्र सहयोग गर्ने गरेको प्रकृतिको अनुभवले बताँउछ । ‘व्यवसाय सुरुवात गर्दा कम्पनि दर्ताको प्रक्रियागत  झन्झटले म केही समय काम सुरुवात गर्दिन भन्ने सम्म पुगेको थिए । तर जसो तसो सबै काम सकाए ।’ उनी सरकारी कर्मचारीहरू या सम्बन्धित निकायलाई व्यबसाय सुरुवातको  प्रकृयालाई थप  सरल बनाउँन  अनुरोध गर्दै यसले उद्यमीहरुलाई उद्यम गर्न प्रोत्साहन गर्न  बताउँछिन् ।  बैंकबाट ऋणलिन  पनि सानै उमेर त्यसमाथि सपना र लगन भन्दा म सँग बैंकलाई देखाउन म सँग केही थिएन । त्यसैले ऋण  प्रकृयामा जान सकिन । 

‘विदेशिनु अघि नेपालमा कोसिस त गरौ’ 

 हाल लाखौ नेपाली पढ्न र काम गर्नका लागि विदेशिने गरेका छन् । उनी भन्छिन्‘ अलिकति नेपालमा कोसिस त गरौँ‘ । प्रकृतिको पढाई सकिए सँगै विदेश जाने ध्यान भने कहिले नआएको बताउँछिन् । ‘विदेशमा पनि मिहेनत गर्ने हो, सजिलो छैन् त्यही गर्ने मेहेनत नेपालमा गरियो भने राम्रो हुन्छ ।’नेपालमा बसेर विदेशमा गर्ने मिहेनत यहाँ गर्ने भने सफल पक्कै भइन्छ ।अन्त्यमा उनि भन्छिन ‘स्वदेशमै सम्भव छ भनेर कोसिस गरेर हेरौँ यदि भएन भने अन्य विकल्प छदै छ नि ।’