काठमाडौं– राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले नर्सिङ र मेडिकल कलेजहरुलाई शिक्षण अनुमति नदिएर त्रुटी भएको बताएकी छन् । आइतबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रिय सभा सदस्य गैरेले यस्तो बताएकी हुन् ।
उनले नेपालमा नर्सिङ पढ्न नपाएपछि विद्यार्थीहरु विदेशीन बाध्य भएका बताइन् । सदस्य गैरले नेपालमा पढ्न नपाउँदा विद्यार्थीहरुले विदेशमा दुःख साथ पढ्नुपरेको भन्दै यस बारेमा अब सरकारले सोच्नुपर्ने बताइन् ।
उनले बुबाआमाको लासले छोराछोरी कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने जीकिर गरिन् ।
प्रतिक्रिया