काठमाडौं– युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको बार्षिक साधारण सभा आगामी चैत्र २९ गते बस्ने भएको छ । कम्पनीले कालिमाटी ब्यांकेट,कालीमाटीमा बिहान ११ बजे सभा बोलाएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभामा राखेको छैन । लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव पेश नभएपनि सभामा हाल कायम चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने पेश हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने छ। यस्तै साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ।
प्रतिक्रिया