एमालेले बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाओस्ः काँग्रेस सांसद शर्मा

एमालेले बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाओस्ः काँग्रेस सांसद शर्मा


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद युवराज शर्माले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चेतावनी दिएका छन्।

आइतबार राष्ट्रिय सभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले प्रतिपक्षमा रहँदा एमाले सांसदहरुले सो विधेयक पुनर्लेखन गर्नुपर्छ भनेकाले सोही मान्यता अनुसार अघि बढ्नुपर्ने बताएका हुन्।

सांसद शर्माले नयाँ सत्तासमिकरण भत्काउने खेल भइरहेको भन्ने काम सत्तारुढ दलहरुबाटै आएको उल्लेख गर्दै ती शक्ति किटान गर्न पनि आग्रह गरे। उनले माओवादी केन्द्रले सत्ता राजनीतिमा पनि बालहठ देखाइरहेको आरोप पनि लगाए।

सांसद शर्माले संविधान मिच्ने र त्यसको विरोधमा सडक आन्दोलन गर्नेहरुबीचको नयाँ सत्ता समिकरणले आफूहरु अचम्ममा परेको पनि बताए।