सर्लाहीको अपराधिक गतिविधि नियन्त्रणमा सक्रिय बन्दै एसपी ज्ञवाली

सर्लाहीको अपराधिक गतिविधि नियन्त्रणमा सक्रिय बन्दै एसपी ज्ञवाली


काठमाडौं– गत फागुन ११ गते सर्लाहीबाट ११६ किलो गाँजासहित एक जना पक्राउ परेका थिए । प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवाली फागुन ७ गते काठमाडौंबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवा पुग्नासाथ उनको नेतृत्वको टोलीले ३० वर्षीय सूर्य परियारलाई पक्राउ गरेको थियो । निजी कारमा लुकाईछिपाई राखेको गाँजाको प्याकेटसहित परियारलाई ज्ञवालीको टोलीले पक्राउ गरेको थियो ।

कार्यभार सम्हाल्ने बित्तिकै अपराधिक गतिविधि विरुद्ध सक्रिय देखिएका ज्ञवाली बैंकिङ्ग समाचारसँग कुरा गर्दै भन्छन्, ‘यस क्षेत्रमागाँजा-चरेस लगायतका लागू औषधको प्रयोग धेरै हुन्छ भन्ने जन गुनासो छ । म यहाँ सरुवा भएर आएको धेरै भएको छैन । म आएको केही दिनमा चेकजाँचलाई कडा पार्दै सूचनालाई विशेष प्राथमिकतामा राख्दा १ सय १६ किलो गाँजा समातिएको हो ।’

त्यस प्रश्चात छोटो समयावधिमा ज्ञवाली नेतृत्वको टोलीले पटक–पटक गाँजा लगायतका लागूऔषध बरामद गरिसकेको छ । ‘हामीले त्यसपश्चात् पनि दजनौं पटक गाजा बरामद गरिहेका छौँ । ठूलो मात्रामा नभएपनि ५/७ केजी गाजा दिनहुँ जस्तो बरामद भइरहन्छन्’, उनी भन्छन् ।

लागूऔष प्रदार्थ सेवन, ओसार–प्रसार नियन्त्रणमा मात्र नभई आफ्नो नेतृत्वको टोलीले अन्य अपराधिक गतिविधि नियन्त्रणमा पनि सक्रिय रहको एसपी ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय सर्लाही जिल्लामा हिंसात्मक घटनाहरु बढ्दै गएको पाइन्छ। यस्ता गतिविधि नियन्त्रणमा हामी योजनाका साथ अगाडि बढेका छौँ । यस्ता घटना नियन्त्रणमा लिन शसस्त्र प्रहरी, नेपाल आर्मी, प्रमुख जिल्ला अधिकारीसँग पनि सहकार्य गरिहेका छौँ।’

एसपी ज्ञवालीको नेतृत्वले गरेका अपराध नियन्त्रणका घटना यस्ता छन्ः

१. ११ गते ११६ किलो गाँजासहित एक जना पक्राउ

. १७ गते १४ लाखसहित एकजना पक्राउ

. २२ गते १२ वर्षीया बालिका बलात्कार आरोपी ११ महिनापछि पक्राउ

. २३ गते चोरीको ट्रकसहित चालक, सहचालक पक्राउ

. २४ गते अपहरित ४ वर्षीय बालकको उद्धार, आरोपी पक्राउ

यस अघि ज्ञवाली काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टलिजेन्स शाखामा कार्यरत थिए ।