विराटनगर– जीवन विकास लघुवित्त वित्तीय संस्थाले धनपालथान गाउँपालिका– ३ को धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप खुकुराको चल्ला प्रदान गरेको छ । बालबालिकालाई उद्यमशीलता सिकाउने उदेश्यसहित इन्क्युबेसन सेन्टर कार्यक्रम अन्तरगत २० जना विद्यार्थीलाई १० वटाको दरले कुखुराको चल्ला प्रदान गरेको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई व्यवहारिक रुपमा उद्यमशीलताको अवधारण विकास गराउन इन्क्युबेसन सेन्टर स्थापना गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । इन्क्युबेसन सेन्टर मार्फत चल्ला पाएका बालबालिकाले संरक्षण गरेर बढाउँदै लैजानेछन्, यसले बालबालिकालाई सानैदेखि उद्यमशील बन्न सिकाउँछ,’ उनले भने,‘ बालबालिकाले कुखुराको रेखदेग गरेकि गरेनन् भनेर स्कुलका शिक्षक र लघुवित्तका कर्मचारीले अनुगमन गर्छन् ।’
विद्यालय उमेरमा नै स्वरोजगार बालबालिकाले अध्ययनपछि अरुलाईपनि उद्यमशीलता सिकाउने उनको भनाइ छ । ‘यो बालबालिकाले पेवाको रुपमा पालेको जस्तै हो, अहिले नै आम्दानी गर्न सिकेभने पछि सहज रुपमा उद्यमशील बन्छन्,’ उनले भने’, ‘यो कार्यक्रमलाई विस्तार गरिररहेका छौं ।’
पढ्दै कमाउन सिकाउने योजनासहित अभियान सञ्चालन गरिरहेको लघुवित्तको तालिम विभाग प्रमूख रन्जना निरौलाले बताइन् । बालबालिकाले हुर्काएको कुखुराबाट भएको आम्दानीले कुखुरा थपेर पाल्नु पर्ने उनले बताइन् । जीवन विकास लघुवित्तको उद्यमशीलता विकास प्रमुख मनोजकुमार शर्माले लघुवित्तले धनपालथान गाउँपालिकामा सुरु गरेको वातावरण मैत्री गाउँ निर्माण अभियान अन्तरगत बालबालिकालाई उद्यमशील बनाउन कुखुराको चल्ला उपलब्ध गराइएको बताए ।
लघुवित्तका कर्सिया साखा प्रमुख गायत्री पोखरेलले थ्रि जिरो क्लबमा आवद्ध विपन्न समुदायका बालबालिकालाई दिएका खुकुरा संरक्षणका लागि परिवारका सदस्यलाई जिम्मेवार बनाइएको बताइन् । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मण्डलले बालबालिकालाई उद्यमशील बनाउने अभियानलाई स्कुलले पनि सहयोग गर्ने बताइन् ।
जीवन विकास लघुवित्तले धनपालथान गाउँपालिकामा रहेको जीवन विकास पब्लिक स्कुल, ग्रामथान गाउँपालिकामा रहेको सरस्वती स्कुल र देवानगञ्ज गाउँपालिकामा रहेको अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थीका लागि इन्कुबेसन सेन्टर अभियान अन्तरगत सहयोग गरेको थियो ।
प्रतिक्रिया