काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत देशको अर्थतन्त्रप्रति गम्भिर नभएको आरोप लगाएका छन् । बिहीबार प्रतिनीधिसभाको बैठकमा बौल्दै उपाध्यक्ष पौडेलले महतले विदेशी मुद्रा सञ्चितीलाई देखाएर अर्थतन्त्रलाई मन्दीबाट उकास्न नखोजेको आरोप लगाएका हुन् ।
अर्थतन्त्रका तीन खम्बाका पिल्लर मक्किसकेको भन्दै उनले भने, ‘हाल अन्य अर्थतन्त्रमा कुनैपनि सूचक सकारात्मक नभएको, सरकारले खर्च गर्न नसकेको र आन्तरिक ऋण उठाएर साधारण खर्च चलाइरहेको अवस्थामा छ । यसअघि पनि अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेको छैन ।’
यस्तै उनले आर्थिक मन्दीमा रुमलिरहेको अर्थतन्त्रलाई माथि उठाउन नीजि क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताएका छन् । ‘देशको अर्थतन्त्र निकै जटिल मोडमा छ । यो अवस्थाबाट बाहिर निस्कनका लागि नीजि क्षेत्रसँग सहकार्य र समन्वय गर्नैपर्छ’, उनले भने, रेमिट्यास, विदेशी मुद्रा सञ्चिती र बैंकिङ्ग तरलता राम्रो छ तर यसलाई देखाएर अर्थतन्त्र राम्रो छ भन्ने भ्रम छरियो ।’
प्रतिक्रिया