अर्थमन्त्रीमा वर्षमान पुन

अर्थमन्त्रीमा वर्षमान पुन


काठमाडौं– नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकको निर्णयबाट उपमहासचिव पुन अर्थमन्त्री बन्ने पक्कापक्की भएको हो ।

अर्थमन्त्रालय माओवादीको भागमा परेसँगै उपमहासचिव पुनलाई अर्थमन्त्री बनाउने माओवादीले निर्णय गरेको छ। पुन यसअगाडि २०६८ मा  डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि अर्थमन्त्री भएका थिए ।