काठमाडौं– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मार्च ४ लाई मजदुरहरुको महान चाडको रुपमा मनाउने भएको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अबदेखि मार्च ४ लाई मजदुरहरुको महान चाडका रुपमा मनाउने घोषणा गरे ।
महासंघले फागुन २१ गते आन्दोलनको ७७ औं वार्षिकोत्सव मनाउने बताएको छ । कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नहुने महासंघले जनाएको छ । सो अवसरमा जिफन्टले ‘चुनौतिसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गर्ने जिफन्टले बताएको छ ।
फागुन २२ गते उक्त अध्ययनमा आधारित रही अन्तर्राष्ट्रिय सहभागीहरुसहित नेपालको ट्रेड युनियन आन्दोलनका उपलब्धी, चुनौति र सम्भावनाहरुको बारेमा छलफल गर्ने पनि जिफन्टले बताएको छ ।
प्रतिक्रिया