टिम ११ द्वारा राष्ट्रिय क्रिकेट टिम सम्मानित

टिम ११ द्वारा राष्ट्रिय क्रिकेट टिम सम्मानित


काठमाडौं – नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बिच एसियन गेम्स २०२३ मा  भएको नेपाल र भारत बिचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई सम्मान गरेको हो ।


टिम ११ ले उक्त खेलमा चौका प्रहार गर्ने खेलाडीलाई प्रति चौका रु.१० हजार, छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का रु.२० हजार र विकेट लिने खेलाडीलाई प्रति विकेट रु. २० हजार दिने घोषणा गरेको थियो । सोही घोषणा अनुरूप दीपेन्द्र सिंह ऐरीले २ विकेट र ४ छक्का प्रहार गरेबापत रु.१ लाख २० हजार, सन्दीप जोराले एक चौका र ३ छक्का प्रहार गरेबापत रु.७० हजार, कुशल भुर्तेलले ४ चौका र एक छक्का प्रहार गरेबापत रु ६० हजार, कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरेबापत रु.६० हजार, करन के।सीले एक चौका र २ छक्का प्रहार गरेबापत रु.५० हजार प्राप्त गरेका थिए ।

त्यसैगरी आशिफ शेखले एक चौका र एक छक्का प्रहार गरेबापत रु.३० हजार, सोमपाल कामीले एक विकेट र एक छक्का प्रहार गरेबापत रु.४० हजार र गुल्सन झाले एक चौका प्रहार गरेबापत रु.१० हजार पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा नगद पुरस्कारका साथमा सर्टिफिकेट तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । साथै राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई समेत कार्यक्रममा मायाको चिनोले सम्मान गरिएको थियो । 

नेपालको पहिलो सिपमा आधारित फेन्टासी एप टिम ११ ले नेपालको राष्ट्रिय तथा घरेलु प्रतियोगीताहरुलाई समर्थन तथा सम्मान गदै आएको छ । यसअघि पनि नेपालका विभिन्न घरेलु फुटबल तथा क्रिकेट प्रतियोगिताहरूमा खेलाडीहरूको मनोबल उच्च पार्न पुरस्कार प्रदान गरेको थियो ।

यस्तै नेपाली क्रिकेट टिमले अहिले प्राप्त सफलतालाई कायम राखी आगामी दिनहरूमा थप सफलता प्राप्त गरी नेपाली खेल प्रेमी दर्शकहरूलाई गौरवान्वित बनाउने अपेक्षा रहेको टिम ११ ले जनाएको छ ।