काठमाडौं– आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि कर र समग्र कर प्रणाली सुधारका लागि सुझाव पेस गर्न आग्रह गरिएको छ । अर्थ मन्त्रालयमातहतको आन्तरिक राजस्व विभागअन्तर्गतको राजस्व परामर्श उपसमितिले सूचना जारी गर्दै आगामी आर्थिक वर्षको कर तथा कर प्रणाली सुधारका लागि सुझाव पेस गर्न आग्रह गरेको हो।
सूचना अनुसार सो आवको आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर, ई–कमर्समा लगाइने करलगायत आर्थिक ऐनबमोजिम लगाइने अन्य आन्तरिक कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरणसम्बन्धी सुझाव दिन आग्रह गरिएको हो ।
सम्बन्धित संघसंस्था, सरकारी निकाय, र सरोकारवालालाई आगामी चैत ५ गतेभित्र सुझाव दिन समेतआग्रह गरिएको छ। सुझाव लाजिम्पाटस्थित विभागको नीति विश्लेषण शाखामा दिन सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया