कसरी गर्ने डिम्याट र मेराेशेयर खाता नविकरण ?

कसरी गर्ने डिम्याट र मेराेशेयर खाता नविकरण ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार काठमाडौं ।

असार मसान्त नजिकिएसँगै निक्षेप सदस्य (डिपि) हरुले डिम्याट (हितग्राही) खाता र मेरो शेयर नविकरण गर्ने सूचना सार्वजनिक गर्न थालेका छन्। केही नयाँ लगानीकर्ताले डिम्याट खाता कसरी नविकरण गर्ने भन्ने बारेमा जानकार नहुँदा विविध कठिनाईहरु व्यहोर्नु परेको छ।

पछिल्लो एक वर्षको अन्तरालमा नयाँ डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ। यसै समयमा एक पछि अर्को कम्पनीको साधारण शेयर (आईपीओ) निष्काशन भइरहेका छन्। यस्तो अवस्थामा लगानीकर्ताले डिम्याट खाता नविकरण गर्न नजान्दा उक्त कम्पनीहरुको आईपीओमा आवेदन गर्नबाट नै बञ्चित हुनुपर्ने अवस्था अाउन सक्छ।

नेपाली पूँजीबजार केही हदसम्म प्रविधिमैत्री भइसकेकाेले अहिले पहिलाजस्ताे नविकरणकाे लागि निक्षेप सदस्यकाे कार्यालय धाउनु पर्ने बाध्यता छैन। अहिले लगानीकर्ताले घर वा कार्यालयमा बसी अाफ्नाे माेबाइल, ल्यापटप वा कम्प्यूटरबाट पनि डिम्याट खाता तथा मेराेशेयरकाे खाता नविकरण गर्न सकिन्छ। 

खाता कहिले नविकरण गर्ने कसरी थाहा पाउने?

डिम्याट खाता हरेक अार्थिक वर्षकाे अन्त्यमा नविकरण गर्नुपर्छ भने मेराेशेयरकाे खाता अाफुले खाेलेकाे मितिले वर्षकाे अन्त्यमा नविकरण गर्नुपर्छ। मेराेशेयरकाे नविकरण कहिले गर्ने भन्ने मेराेशेयर खाेलेर थाहा पाउन सकिन्छ।

\"\"

मेराेशेयरकाे वेबसाइट खाेलेपश्चात माथिल्लाे दायाँ  कुनामा देखिने अाफ्नाे नाममा क्लिक गर्ने। त्यसपछि त्यहाँ व्यक्तिगत विवरण देख्न सकिन्छ। साेही पृष्ठमा एकाउण्ट इन्फरमेसनमा डिम्याट र मेराेशेयरकाे म्याद देख्न सकिन्छ। त्यहाँ दिइएकाे मितिभन्दा अगाडि नै अाफ्नाे खाता नविकरण गर्नुपर्छ।

कसरी गर्नसकिन्छ नविकरण?

डिम्याट खाता र मेरो शेयर निक्षेप सदस्यहरुको कार्यालय तथा बैंक वित्तिय संस्था वा वालेट पे मार्फत सजिलै नविकारण गर्न सकिन्छ। पहिले निक्षेप सदस्यहरुको कार्यालय वा बैंक तथा वित्तिय संस्थामा गएर नविकरण शुल्क तिर्नु पर्ने प्रावधान थियो। तर अहिले प्रविधिको सहयोगमा लगानीकर्ताहरुले आफ्नो फोन मार्फत नै नविकरण गर्न सक्ने सुविधा भएको छ। केही मर्चेन्ट बैंकहरुले बैंक मार्फत हुने भुक्तानीलाई पनि स्वीकृत गर्ने गरेका छन्।

कोरोना भाइरसको संक्रमण केही कम भएको भएता पनि निमिट्यान्न नभएका र सजिलै भुक्तानी गर्न सकिने भएका कारणले धैरै लगानीकर्ताले वालेट पेमेन्ट मार्फत नविकरण गर्ने गरेको पाईन्छ। कनेक्ट आईपिएस, इसेवा, आईएमई पे, खल्ती, प्रभु पेमार्फत नविकरण शूल्क भुक्तानी गर्न सकिने सिडिएससीले जानकारी गराएको छ। यदी कुनै लगानकिर्ताले एक वर्ष भन्दा बढी अवधिको लागि नविकरण गर्न इच्छा भएमा पनि गर्न सकिने सुविधा रहेको छ ।

साथै, मेराेशेयरकाे अाफ्नाे प्राेफाइलबाट पनि रिन्यू एकाउण्ट बटन थिचि दिइएका गेटवेहरू प्रयाेग गरी पनि नविकरण गर्न सकिन्छ।

हालसालै मात्र डिम्याट खाता खाेलेका लगानीकर्तामा डिम्याट खाता खोलेको एक महिना नबित्दै नविकरणको सुचना आयो भनेर दोधारमा परेको देखिन्छ। डिम्याट खाता खोलेको एक दुई महिना नपुगेका लगानीकर्ताले पनि अार्थिक वर्षकाे अन्त्यमा डिम्याट खाता नविकरण गर्नुपर्ने सिडिएससीका प्रवक्त सुरेश न्यौपानेले बताए।

केही लगानीकर्ता डिम्याट खोलेको एक वर्ष भएको छैन भनेर ढुक्क बसेका छन्। तर असार मसन्तसम्म सञ्चालित सबै डिम्याट नविकरण गर्नुपर्ने न्यौपानेको भनाई छ।