काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती ग¥यो, संघीय सरकारले हस्तक्षेप गरोस्ः सांसद पाण्डे

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती ग¥यो, संघीय सरकारले हस्तक्षेप गरोस्ः सांसद पाण्डे


काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय भएको बताएका हुन् । सांसद पाण्डे यस्तो काम गर्दा आवश्यकता परे संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने बताए । उनले मिटरब्याज पीडित, लघुवित्त पीडित र सहकारी पीडितहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै दुग्ध किसानहरुको रकम भुक्तानी गर्न पनि माग गरे ।

उनले भने – ‘काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय छ । यस्ता कार्य गर्ने कुराको तत्काल संघीय सरकारले पनि आवश्यकता प¥यो भने हस्तक्षेप गरोस् ।’ सांसद पाण्डेले बुढीगण्डकी जलविद्युत आयोजना अगाडी बढाउने सरकारलाई दबाब दिए । (न्युज एजेन्सी नेपाल)