काठमाडौं – श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर असफल भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषी लघुवित्तले डिमर्जको प्रक्रिया अघि बढाएको हो ।
श्रृजनशील र मानुषी लघुवित्त एक आपसमा मर्जर गर्ने सहमति भई गत वर्षको चैत्र २ गते समझदारी पत्र र गत पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । दुबै कम्पनीलाई नेप्सेले गत माघ ७ गते मर्जर गर्न अन्तिम स्वीकृति समेत पाइसकेका थिए ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरका संस्था हुन् ।
प्रतिक्रिया