अन्तर्राष्ट्रिय

केन्यामा २०३२ सम्म १५ अर्ब रूख रोप्ने अभियान

केन्यामा २०३२ सम्म १५ अर्ब रूख रोप्ने अभियान


काठमाडौं – केन्याकी प्रथम महिला राहेल रुटोले केन्याको राजधानी नैरोबीमा रहेको एकमात्र बन्द क्यानोपी जंगलमा मंगलवार ल्याण्डस्केप र इकोसिस्टम पुनःस्थापना रणनीति शुरु गरेकी छिन् । देशव्यापी थप ५० करोड रूखहरू रोप्ने लक्ष्य राखिएको बताइएको छ ।

नैरोबीमा संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलन ९युएनइए–६० को छैटौं सत्रसँग मिल्दोजुल्दो यो प्रक्षेपणले सन् २०३२ सम्ममा १५ अर्ब रूख रोप्ने सरकारी प्रयासलाई पूरक बनाउने बताइएको छ । केन्याका राष्ट्रपति विलियम रुटोले सन् २०२३ मा १५ अर्ब रूख रोप्ने अभियान शुरु गरेका थिए । हरितगृह ग्यास उत्सर्जन घटाउने, ५.१ मिलियन हेक्टेयर बिग्रिएको परिदृश्य पुनःस्थापना गर्ने र ३० प्रतिशत रूखले राज्य ढाक्ने राज्यको प्रतिवद्धता रहेको छ ।

वृक्षरोपणलाई गति दिन सरोकारवाला सबैको कुरा सुनेर अघि बढ्ने उनको भनाइ छ । (न्युज एजेन्सी नेपाल)