काठमाडौं- बिद्युत् पोल ढलेर लाग्दा मकवानपुरमा एक जना वडा सदस्यको ज्यान गएको छ । काठको पोल ढलेर थिचिँदा गम्भीर घाइते भएका मकवानपुर बकैयाका गाउँपालिका वडा नम्बर-७ का रामकुमार तितुङको मृत्यु भएको हो ।
मंगलबार दिउँसो १ः३० बजे मकवानपुर जिल्ला बकैया गाउँपालिका ७ मानदमार निवासी तितुङलाई आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लागेको थियो ।
पोलले लागेर गम्भीर भएका उनलाई उपचारको लागि हेटौँडाको चुरेहिल अस्पताल पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया