धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि निर्धारण, यस्तो छ व्यवस्था

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि निर्धारण, यस्तो छ व्यवस्था


काठमाडौं– नेपाल धितोपत्र बोर्डले अध्यक्ष पद परिपूर्तिका लागि कार्यविधि २०८० निर्धारण गरेको छ । मंगलबार बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहकेो व्यवस्था बमोजिम कार्यविधि निर्धारण गरेको हो ।

गत पुस २० गतेबाट रमेशकुमार हमालको अध्यक्ष पदको कार्यकाल पूरा भएपश्चात बोर्डले नयाँ अध्यक्ष नियुक्त गर्न सकेको छैन । यसकै लागि रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद थप भएको बोर्डले जनाएको छ ।

अध्यक्षका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरको प्रतिष्ठित व्यक्ति हुनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

यस्तै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, र सोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको व्यक्ति अध्यक्ष पदका लागि योग्य मानिने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

अध्यक्ष नियुक्तिको पूर्ण जानकारी:-