काठमाडौं– राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरबाट ४५ लाख चोरी भएको छ । चोरीको आरोपमा प्रहरीले ३ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा प्रविण तामाङ, राजन श्रेष्ठ र अनुप तामाङ रहेका छन् ।
ललितपुर इमाडोलको बासुकी टोलमा रहेको मनिषको तीन तले घरबाट गत फागुन ६ गते नगद, गरगहनासमेत गरी करिब ४५ लाख रुपैयाँ चोरी गरेका उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक सातापछि पक्राउ गरेको हो ।
प्रतिक्रिया