‘बैंकको उच्च ब्याजदरलाई न्यूनीकरण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरिनुपर्छ’

‘बैंकको उच्च ब्याजदरलाई न्यूनीकरण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरिनुपर्छ’


काठमाडौं- ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले कोरोना एवं आर्थिक मन्दिको कारणबाट व्यवसायीहरुमा परेको आर्थिक समस्याको समाधानार्थ बैंकको उच्च ब्याजदरलाई न्यूनीकरण गर्न पहल गरिनुपर्नेमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँगको छलफलमा अध्यक्षा श्रेष्ठले विनाधितो सहुलियत दरको कर्जाको निमित्त सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन समेत आग्रह गरे ।

छलफलमा ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित ढंगबाट र शहरी सौन्दर्यतालाई कायम गर्न सरकारले ग्रीलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । यस्तै अध्यक्ष सिंहले लघु घरेलु तथा साना उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउन सकेमात्रै अर्थतन्त्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने भन्दै यस्ता उद्योगहरुको प्रवर्द्धन गर्न जरुरी बताए ।