कुमारी सबल योजनाको इकाईमा आवेदन दिने म्याद आजसम्म

कुमारी सबल योजनाको इकाईमा आवेदन दिने म्याद आजसम्म


काठमाण्डौं – कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि निष्काशनमा ल्याएको कुमारी सबल योजनाको इकाइमा आवेदन दिने आज (फागुन १३ गते) अन्तिम दिन रहेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । निष्काशित कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री खुला भएको हो ।

फन्डमा आज कार्यालय समयसम्म न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउनेछन् । दश वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।