काठमाडौं – साँखुको शालीनदीमा एक महिनासम्म लागेको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम संकलन भएको छ ।
स्वस्थानी मेला व्यवस्थापन समितिले दिएको जानकारी अनुसार पसलहरु र भक्तजनहरुबाट भएको सहयोगबाट करिब एक करोड सहयोग संकलन भएको हो ।
शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यसवर्ष गत माघ ११ गतेबाट सुरु भएको थियो ।
माधवनारायण व्रत र शालीनदी मेला नेपालको राष्ट्रिय महत्व र गौरवको विषय भइसकेको हुँदा बर्षेनी दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्छ ।
भक्तजनहरुको आस्था, विश्वासका कारण वर्षेनी आगमन बढ्दो क्रममा रहेको पनि श्रेष्ठले बताए । समितिका अनुसार यो वर्षको मेलामा २२ लाख धार्मिक पर्यटकहरुले मेलाको अवलोकन गरेका थिए ।
प्रतिक्रिया