यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं – नेपाल राष्ट्र बैंकले फागुन १३ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसा रहेको छ ।

यसैगरी आज युरो एकको खरिद दर १४२ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?