काठमाडौं – संघीय राजधानी काठमाडाैंसँग पहिलो पटक ओखलढुंगाको लिखु गाँउपालिका – ८ टारकेराबारी यातायात संञ्जाल मार्फत सिधा जोडिएको छ । बिहिबारबाट निरन्तर यातायात संचालन गर्ने गरि पुर्व अरनिको यातायात समिति र वडा नम्बर –८ बिच सहमति भएकाे छ ।
काठमाडाैं देखि वडाको सिरिसे टारकेराबारीको वडा कार्यलय, डाँडाखर्क, मजुवा, भञ्ज्याङ हुँदै पोखरी डाँडासम्म बस संञ्चालन गर्ने सम्झौता भएको हो ।
जस अनुसार टारकेराबारीको पोखरी डाँडाबाट काठमाण्डौको लागि बिहान ५ः०० बजे बस छुट्ने समय तालिका रहेको छ । तत्कालका लागि सिरिसे बजारमा मेल दिईने छ, भने यात्रुको चापलाई मध्यनजर गरि सिरिसे, वडा कार्यलय डाँडाखर्क, मजुवा, कोप्चे, पोखरी डाँडा सम्म सिधा बस संचालन गर्ने व्यवस्था समेत मिलाईने वडा नम्बर –८ वडा–अध्यक्ष पुरुषोत्तम पौडेलले बताएका छन्।
त्यस्तै बाह्रै महिना यातायात संचालन गर्नका लागि बाटो मर्मत सम्भारको काम भने वडा कार्यलयले नै गर्नु पर्ने पूर्व अरनिको यातायात समितिका व्यवसायी भुवन विष्टले बताएका छन् ।
यस अघि यहाँका बासिन्दा गाडी चढ्नको लागि पोकली, र गाम्नाङटार सम्म पुग्नु पर्ने बाध्यता थियो । यसरी आफ्नै गाँउघरबाट सिधै गाडी चढेर काठमाडाैं जान पाईने भएपछि स्थानीयहरुले खुसि भएका छन् ।
प्रतिक्रिया