‘माइक्रो इन्स्योरेन्स पोलिसीहरूको आवश्यकता खड्किएको छ’

‘माइक्रो इन्स्योरेन्स पोलिसीहरूको आवश्यकता खड्किएको छ’

नमुना के. सी.

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लघुबीमा प्रमुख सर्वसाधारण व्यक्तिले सजिलै बुझन सरल तथा धेरै शर्त तथा अपवादहरू नभएको न्यूनतम प्रिमियममा पोलिसी लिन सकिने व्यवस्था समावेश हुन्छन । यसमा बढि मानिसको सहज पहुँच गराउनु नै लघुबीमाको अवधारणा शुरुवात गरिएको हो । बीमालेख र बीमकप्रति ढुक्क भएर भरोसा गर्न सक्ने होस र नोक्सानी भएको समयमा दाबी भुक्तानी प्रकृया झन्झट रहित एवंम छिटो छरितो सेवा पुराउनु नै लघुबीमाको लक्ष्य हो । लघुबीमाले सेवा विस्तारमा आक्रमक बनेर काम गरिरहेको छ । नेपाल माइक्रो इन्स्योरेन्सले सेवा विस्तारमा आक्रमक बनेर ३ दिनमै ४ शाखा सञ्चालन गरेको छ । पछिल्लो समय बीमाको पहुँच बढाउन लघुबीमा कम्पनीहरुले कसरी काम गरिरहेको छन, यसै विषयमा बैकिङ्ग समाचारको तर्फबाट नमुना के सीले नेपाल माइक्रो इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमालसँग गरेको कुराकानीको सम्पादित अशंः

भिडियो



नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सेवा विस्तारमा आक्रामक बनेर, ३ दिनमै ४ शाखा सञ्चालन गर्यो यो कसरी सम्भव भयो ?

सरकारले नेपालको सीमान्त वर्गले बीमाको सेवा पाउन भनेर लघुबीमा को धारणा ल्याएको हो । बीमाको पहुँच बढाउन चौध वटा विद्यमान निर्जीवन बीमा कम्पनीहरु छन । तर सरकारले सीमान्त वर्गको आवश्यकतालाई मध्यनजर गरि लघुबीमा मार्फत बीमा बुझाउन सकियोस भनेर यो व्यवस्था ल्याइएको हो । सरकारको ७०/७५ वटा नै लघुबीमा ल्याउने योजना गरेको हो । सरकारको सोचाइमा बीमा कम्पनीहरुले बीमाको सेवा दिइरहेको छ भन्ने बुझाईमा थियो तर बीमाको पँहुच वृद्धि नभएको देखेर सरकारले लघुबीमा शुरुवात गरेको हो । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सरकारको सिद्धान्त अनुसार नै काम गर्न खोजेको हो । सेवा विस्तारमा ३ दिनमै ४ शाखा सञ्चालन गर्नु कम्पनीको योजना अनुरूप हो ।

शाखा विस्तारले बीमा क्षेत्रको दायरा बढ्ने र स्थानीय व्यवसाय सुरक्षित हुन्छ ?

नेपालमा लघुबीमा शुरुवात भयो । एउटा जरुरी कुरा के हो भने शाखा विस्तार आवश्यक कुरा हो । कुनै पनि क्षेत्रमा सेवा पुर्याउन गाउपालिका, स्थानीय सरकारसँग समन्वय गर्न खर्चकै दृष्टिकोणको आधारमा जटिल हुने हुँदा शाखा खोल्न आवश्यक छ । लघुशाखा खोलेर बीमाको सेवा दिने कोसिसमा छौँ । नेपाल माइक्रो इन्स्योरेन्सले पनि शाखा खोलेर बीमा सेवा प्रदान गर्ने कोसिसमा नै तीन दिनमा चार शाखा खोलेको हो ।

बीमा प्राधिकरणले लघुबीमालाई लक्षित गरि नयाँ निर्देशिका २०७९ जारी गर्यो, निर्देशिकाले लधुबीमा क्षेत्रलाई कस्तो सहयोग भयो ?

अवश्य पनि सहयोग पुग्छ । नेपाल बीमा प्राधिकरणले ल्याएको पछिल्लो निर्देशिकाको कारण प्रिमियम सस्तो परेको छ । जसको कारण सीमान्त वर्गको लागि सहज भएको छ । लघु बीमाको कारण ग्रामीण भेगमा आवश्यक हरेक साना सानाको बीमा हुने भए । ग्रामीण भेगमा थोरै कुखुरा पालेका हुन्छन, गाई भैँसी पालेका हुन्छन, त्यो सम्पूर्णको बीमा थोरै प्रिमियम दरमा हुने भयो । त्यसैले बीमा प्राधिकरणले लघु बीमालाई लक्षित गरि नयाँ निर्देशिका २०७९ जारी गरेर सहयोग पुगेको छ ।

लघुबीमामा विदेशी प्रचलन अनुसारको हरेक सानादेखि साना बीमा पोलिसीसम्म समावेश गर्न सकिन्छ ?

अवश्य सम्भव छ लघुबीमा मा आफूले प्रोडक्ट बनाउने हो । सरकारले एउटा क्षेत्र दिन्छ त्यसमा प्रोडक्ट ल्याउने कम्पनीको काम हो । सबैभन्दा वढी बीमा गर्ने मान्छे जापानमा छ भनिन्छ । जापानमा मान्छेहरूको बीमा छ सात वटा छ । उनीहरूलाई नयाँ प्रोडक्ट ल्याउन खोजिरहनु परेको छ । हामी कहाँ त्यस्तो प्रवृत्ति आएको नै छैन । लघुबीमाको अहिलेको आवश्यकता भनेको ग्रामीण भेगमा गएर आवश्यक सेवा प्रदान गनुृ अहिलेको लक्ष्य हो । बीमा बुझाउनु नै अहिले लघुबीमाको पहल हो । विस्तारै बीमाको महत्व बुझदै गएपछि चाहि आवश्यकता अनुसार प्रोडक्टहरु पनि थपिदै जान्छन ।

बीमाको पहुँच बढाउन सुरुवात गरिएको लघुबीमाको लागि अझै पनि सरकारले पोलिसी निकालेको छैन नि किन ?

सरकारले लघुबीमालाई अघि बढाउनुपर्छ भनेर बीमा प्राधिकरणको सहायता लिएर लघुबीमाको शुरुवात गरियो । जनतासम्म पहुँच बढोस भनेर प्रिमियमदर देखि लिएर सबै उहाँहरूले ध्यान दिनुपर्छ । नयाँ सेक्टर भएको भएर प्रोडक्ट मोडिफाई गर्न समय लागेको मात्र हो । निर्जीवन लघुबीमाको तर्फबाट कृषि क्षेत्रको लागि केही व्यवस्था आइसकेको छैन सरकारले त्यसमा पनि ध्यान दिँदै छ भन्ने सुनिएको छ ।

स्थानीय सरकारबाट लघुबीमाकोे लािग कस्तो प्रतिक्रिया छ ?

लघुबीमा सेक्टरको लािग स्थानीय सरकारबाट राम्रो प्रतिक्रिया पाएका छौँ । स्थानीय सरकारका मेयरहरू पनि भेट्न मौका पायौं । मुख्य मन्त्रीहरू पनि लघुबीमाको अवधारणालाई लिएर एकदमै खुशी र उत्साही हुनुहुन्छ । बीमाको पँहुच बढाउन उहाँहरूले यस विषयमा के काम गर्ने, हामीले के काम गर्ने भन्ने ‘फरम्याट’ हामीले दिन खोजिरहेका छौँ । योजना सहित अधि बढ्ने हाम्रो योजना छ । स्थानीय सरकार सँग यसै बसेको पैसा सही ठाउँमा सदुपयोग हुन्छ । स्थानीय सरकार र लघुबीमा मार्फत बीमाको पँहुच बढ्ने आशामा छौ । ग्रामीण भेगमा बीमाको विषयलाई लिएर जागरुक बनाउन पनि स्थानीय सरकारले सहयोग गर्नुपर्छ ।

बीमाको बजारमा माइक्रो इन्स्योरेन्स पोलिसीहरूको आवश्यकता कतिको छ ?

बीमाको बजारमा माइक्रो इन्स्योरेन्स पोलिसीहरूको आवश्यकता अत्यन्तै छ । बीमा गरौँ भन्नु नै एउटा पोलिसी हो । हामीले त्यस्तो पोलिसी बनाउनुपर्छ जुन सबैले लिन सक्ने हुनुपर्छ । लघुबीमाले हाम्रो पैसा खाइदिन्छ भन्ने भ्रमलाई हटाएर यसले तपाईको सम्पत्तिको सुरक्षा गरिदिन्छ भन्ने चेतना फैलाउनु नै लधुबीमाको प्रमुख पोलिसी हो । तपाईको बालिमा केही भयो भने क्षति पाउनु हुन्छ, पशुपन्छीलाई केही भयो भने पैसा पाउनुहुन्छ भनेर सम्झाउनु नै लघुबीमाको लक्ष्य हो । नेपाल माइक्रो इन्स्योरेन्सले दाबीमा छिटो र सहज तरिकाले दाबी गरिरहेको छ । बीमा कम्पनीहरुमा दाबी दिँदैन भन्ने आरोप लघुबीमा कम्पनीले चिर्दै जान्छ । दाबी लिने पनि र दाबी भुक्तानी गरिदिने दुबै पक्ष जागरुक र इमान्दार हुनुपर्छ । झुटो दाबी लिने प्रवृत्ति हटाउनुपर्छ ।

बीमाको विषय थाहा नभएको ग्रामीण भेगको लागि लघुबीमा भनिन्छ, पोलिसी बेच्न कतिको कठिन छ ?

अवश्य कठिन छ । लघुबीमा भर्खर बामे सर्दै छ । लघुबीमाले शुरुमा बीमा गर्नुपर्छ भनेर बुझाउनु नै समय लाग्छ । एउटा किसानले हाम्रो प्रोडक्ट किन्न त पहिला बीमा बुझ्नुपर्छ । मेरो सुरक्षाको लािग आएका हुन् भन्ने बुझाई पश्चात पछि मात्र बीमाको लक्ष्य प्राप्त हुन्छ । यसको लागि स्थानीय सरकारले हातेमालो गर्नुपर्छ । हामीले पोलिसीहरू बेच्न जिगंलहरुको प्रयोग गरिरहेका छौँ । जसले गर्दा बीमा हाम्रै सुरक्षाको लागि रहेछ भन्ने बुझदै छन । सचेतना बढाउन विभिन्न कार्यक्रम पनि गर्दै छौँ ।

बीमा क्षेत्र पूर्ण रुपमा डिजिटल कारोबारमा लाने प्राधिकरणको लक्ष्य छ यसले ग्रामीण भेगमा लघुबीमा पोलिसी बिक्री गर्न कठिन छैन ?

अवश्य पनि कठिन हुँदैन किनभने लघुुबीमाले शुरुवातदेखि नै डिजिटल कारोबारमा नै जानुपर्छ भन्ने धारणा लिएर जन्मेका हुन । डिजिटल कारोबारमा जानको लागि सफट्वेयरहरु तयार गरिरहेका नै छौँ । पछिल्लो समय मोबाइल नचलाउने कम वर्ग छन। फरक यति हो कि कम सेवा दिने मोबाइल सस्तो मोबाइल चलाउने वर्गलाई चाहि कसरी समावेश गराउने भन्ने हाम्रो लक्ष्य छ । नेपाल माइक्रो इन्स्यारेन्सले यस्तो सफ्टवेयर ल्याउँदै छ जसले पोलिसीलाई घर बसेर किन्न र बुझन सक्छन । पेमेन्ट पनि त्यसबाट राख्न सकिन्छ । केवाइसी त्यसैबाट जेनेरेट हुन्छ । यसले ग्राहकहरूलाई सहयोग पुग्छ ।

लघुुबीमाको विषयमा सचेतना बढाउन नेपाल माइक्रो इन्स्योरेन्सले आगामी दिनको लागि योजना कस्तो छ ?

बीमाको सचेतना बढाउने तिर कम्पनी सजग भैरहेको छ । नेपाल माइक्रो इन्स्योरेन्सले नौं ठाउँमा शाखा खोलिसकेको छ । पूर्व र पश्चिममा शाखा खोल्न तयारीमा छौँ । हरेक कार्यलयको तर्फबाट, शाखावाट जनचेतना फैलाउने काम गरिरहेका छौँ । स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ । र विस्तारै बीमाको पँहुच बढ्दै जान्छ ।