सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने


काठमाडौं– सेन्ट्रल फाइनान्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले गरेको हो ।

कम्पनीले २०७९/८० को वित्तीय विवरण, असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।