‘सरकारले लघु बीमालाई ध्यानै दिएन’

‘सरकारले लघु बीमालाई ध्यानै दिएन’

नमुना के. सी.
700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बीमाको पहुँच सबै वर्गमा पुर्याउने उद्देश्य अनुरूप न्यून आय भएका वर्गहरुलाई समेत बीमाको दायराभित्र ल्याउन लघु बीमा कम्पनीहरू सञ्चालनमा ल्याएको छ । न्यून आय भएका वर्गलाई बीमा क्षेत्रमा संलग्न गराउँन आवश्यक पनि छ । पछिल्लो समय बीमाको पँहुच बढाउन लघु जीवन बीमा कम्पनी प्रमुख भूमिका खेलिरहेको छन । जो जोखिममा छन, तिनलाई बीमातर्फ प्रेरित गर्न कठिनाइ हुन्छ । लघु बीमाको कारण शहरमा केन्द्रित बीमाको बजार ग्रामीण क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । ग्रामिण भेगमा यो बीमाबारे चर्चा शुरुवात भैसकेको छ । स्थानीय तहका सरकारले समेत यसप्रति चासो बढाएका छन । ग्रामीण क्षेत्रमा बीमाको विषयमा सचेतना बढाउनु चुनौतिपूर्ण छ । लघु जीवन बीमा तर्फ लाइसेन्स पाउने पहिलो कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स जसले न्यून आम्दानी भएका व्यक्तिहरूले भविष्यमा हुनसक्ने सम्भावित जोखिमको लागि बीमा गर्नुपर्छ भन्ने धारणालाई विस्तार गराउन प्रमुख भूमिका खेलिरहेको छ । पछिल्लो समय बीमाको पहुँच बढाउन लघु जीवन बीमा कम्पनी कसरी काम गरिरहेका छन, गरिबी निवारणमा लघु बीमाको भूमिका कस्तो छ लगायतका विषय वस्तुमा केन्द्रित रहेर बैकिङ्ग समाचारका लागि नमुना के सीले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीसँग गरेको कुराकानीको सम्पादित अशंः

भिडियो



बीमा प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन–२०८० को मस्यौदा तयार पारेको छ । यसको मोडालिटी कस्तो हुन्छ ? यो गाइडलाईनले एजेन्टलाई गाह्रो पर्ने हो कि ?

डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन २०८० को मस्यौदाले डिजिटल कारोबारमा अझ थप सहयोग पुग्छ । प्राधिकरणले डिजिटल कारोबारका लागि विगत लामो समयदेखि नै पहल गरिरहेको हो । डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन २०८०ले बीमा कारोबारमा थप मदत पुग्छ । यस्तो डिजिटल पोलिसी गाइडलाईनले एजेन्टहरूलाई थप फाइदा हुन्छ । एजेन्ट कम्पनी धाउनु परेन । बस चड्नु परेन । बाईक गुडाउनु परेन । घरमा बसेर इन्स्योरेन्स गराउन प्रेरित गर्न सक्छन । यसले एजेन्टको काममा सहजता पुर्याउँछ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले शुरुवात चरणबाट नै डिजिटल पोलिसी किन्न र वुझन पाइने व्यवस्था गरिरहेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको एप्स डाउनलोड गर्ने बितिक्कै जहाँ पनि, जुनसुकै बेलामा पनि डिजिटल सेवा लिन सकिन्छ । यसले मोबाइलबाट नै ग्राहकको हातमा पोलिसी प्राप्त हुन्छ ।

आजसम्म कम्पनीले ८१ लाख प्रिमियम उठाएको छ । तर लघु बीमा कम्पनीहरुको प्रिमियम भन्दा खर्च बढी देखिन्छ नि । कसरी चलिरहेको छ त कम्पनी ?

यो शुरुवात मात्र हो विस्तारै बढ्दै जान्छ । कुनै पनि बिरुवा रोप्ने बितिक्कै फल दिदैँन । विस्तारै फल्दै गएपछि मात्र टिप्न सकिन्छ । जसकारण लघु बीमा भर्खर रोपिएको बिरुवा हो । विस्तारै राम्रो फल दिन्छ । गार्डियन माइक्रो लाइफ इन्स्योरन्सले अहिले सम्म ८१ लाख प्रिमियम उठाएको छ । अब अर्को महिना एक करोड कट्छ । यसरी नै विस्तारै कारोबार बढ्दै जान्छ ।

लघु बीमाको शुरुवात भएपनि प्रभावकारी जस्तो देखिएन नि ? लघु बीमाको अवधारणा ल्याउन ढिलाई भएन ?

लघु बीमा को अवधारणा ल्याउने धेरै पहिला देखिको योजना हो । तर कम्पनीहरूको शुरुवात भर्खरै भयो, सबै कम्पनीहरू लघु बीमालाई विस्तार गर्ने दौडमा छन । लघु बीमा न्युन आय भएको वर्गमा पुग्नुपर्ने भयो । प्रिमियम पनि थोरै उठ्ने हुँदा । अन्य ठुलो कम्पनीले यसलाई हेरेनन् । ठुला रकमको पोलिसी ल्याएपनि त्यहाँ प्रिमियम पनि धेरै आउँछ । ठुला कम्पनीहरु त्यतातिर आर्कषण भए । तर लघु बीमाकोे प्रिमियम दुई हजार, पच्चिस सयबाट शुरु छन् । विस्तारै लघु बीमाको कारण बीमाको क्षेत्र फराकिलो हेर्दै जान्छ ।

बीमा क्षेत्र पुर्ण रुपमा डिजिटल कारोबारमा लाने प्राधिकरणको लक्ष्य छ । यसले ग्रामीण भेगमा लघु बीमा पोलिसी बिक्री गर्न कठिन छैन ?

डिजिटल कारोबार भएता पनि ग्रामीण भेगमा लघु बीमा पोलिसी बिक्री गर्न कठिन छैन । किन छैन भने पहिलाको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन आइसकेको छ । सबैको हातमा मोबाईल छ । गाँउ–गाँउमा डिजिटल सिस्टम गइसकेको छ । फेसबुक, मेसेन्जर सबै माध्यमहरु प्रयोग गर्छन । क्युआरकोे प्रयोग हरेक सानो सानो पसलमा देख्न सक्छौ । डिजिटल सचेतना सबै ठाउँमा छाईसकेको छ । बीमा क्षेत्र पनि कागजरहित कारोबारमा ल्याउन सक्छौँ जस्तो लाग्छ । मोबाइलको प्रयोग नगर्ने वर्गलाई मोबाईल चलाउने वर्गले सिकाउन सक्छन ।

बीमा प्राधिकरणले लघु बीमालाई लक्षित गरेर नयाँ निर्देशिका २०७९ जारी गर्यो, यो निर्देशिकाले लघु बीमामा क्षेत्रलाई कस्तो सहयोग भयो ?

लघु बीमाको यो शुरुवाती चरण हो । बीमा प्राधिकरणले लघु बीमालाई लक्षित गरेर सार्वजनिक गरेको नयाँ निर्देशिकाले मद्दत पुगेको छ । सहयोग नपुगेको भए कम्पनी शुरुवात हुने थिएनन होला । प्राधिकरणबाट लघु बीमा क्षेत्रको लागि पूर्ण साथ दिएको छ । केही परिवर्तनहरू गर्न आवश्यक भएको खण्डमा प्राधिकरणले नियमन पनि गर्छ ।

बीमाको पहुँच वृद्धिमा लघु बीमामा मार्फत देख्न सकिन्छ ?

बीमाको पहुँच बढाउन नै लघु बीमा को उद्देश्य हो । स्थानीय सरकारसँग सहकार्य गरेका छौँ । स्थानीय सरकारले न्युन आय भएको वर्ग पहिचान गरि समुह बनाएर तोकेर नै पैसा नै पालिका वा नगरपालिकाले तिरिदिने गरेको छ । जसको कारण जो सगँ पैसा छैन उनीहरु पनि बीमामा समावेश हुने भए । नेपालगन्ज, विराटनगरमा शुरुवात भैसकेको छ । विभिन्न क्षेत्रमा गएर स्थानीय निकायले जो सँग पैसा छैन, जसले बीमा गर्न सक्दैनन । उनीहरूको बीमा गर्ने वातावरण सिर्जना गरिरहेको छ । अब लघु बीमाले सबै नागरिकलाई बीमाको दायरामा ल्याउन पहल गर्नेछ ।

बीमाको विषय थाहा नभएको वर्गको लागि लघु बीमा महत्वपूर्ण मान्निछ । त्यस्तो ठाउँमा पोलिसी बेच्न कतिको कठिन छ ?

अहिले कठिन छ । बीमाको विषय बुझाउन समय लाग्छ । गाउँमा बीमाको सचेतना बढाउँन हामी पहल गरिरहेका छौँ । कतिपय स्थानीय निकायमा मृत्युपछि केही रकम दिने व्यवस्था छ । त्यस्तो अवस्थामा बीमाको दायरामा जोड्नुस जसले गर्दा भावी सकंटमा पैसा लिन आउदैनन् । बीमाले कभर गरिदिन्छ भनेर सहकार्य गरेका छौँ । स्थानीय निकायलाई सहज पनि हुन्छ । बीमा मृत्युपछि मात्र पाउने लाभ हो भन्ने भ्रमको बीचमा हामीले दीर्घायु बचत योजना ल्याएका छौँ । जसले वृद्ध अवस्थामा सहयोग पुग्छ । अवधि समाप्त नहुन्जेल पैसा तिर्ने अवधि समाप्त भएपछि एकमुष्ट पैसा फिर्ता गरिन्छ । जीवित रहेको अवस्थामा २० प्रतिशत रकम पनि जोडेर दिईन्छ ।

विगत दिनमा ठूला ठूला कम्पनीमा बसेर कारोबार सम्हालेर काम गर्नुभयो, अहिले लघु बीमा जस्तो सानो कारोबारको पाटोलाई कसरी हेर्नु भएको छ ?

मैले पहिला वाट नै लघुबीमामा आवद्ध हुनुपर्ने रहेछ भनेर महसुस गरे । जहाँ चाहि बीमाको सचेतना हुनपर्ने हो त्यहाँ नै छैन । हामी हावा–हावा मा माथि माथि उडिरहेका रहे छौँ । बीमा के हो, बीमा किन गर्ने, बीमाको फाइदा के कस्तो छ, भनेर ग्रामीण भेगमा बुझाउन पाउँदा आनन्द आइरहेको छ । बाहिरी देशमा लघु बीमाको अवधारणा पहिला सुरुवात भएको हो । नेपालको परिवेशमा भर्खरै सुरुवात भयो । ढिला सुरुवात भए पनि राम्रो प्रतिफल आउनेमा विश्वस्त छौँ ।

बीमाको पहुँच बढाउन सुरुवात गरिएको लघु बीमाको लागि अझै पनि सरकारले पोलिसी निकालेको छैन किन ? सरकारले लघु बीमालाई ध्यान नदिएको हो ?

सरकारले ध्यान नदिएको होइन ध्यान दिन बिर्सेको हो । झक्झकाउने मान्छे नभएर सरकारले ध्यान नदिएको हो । हामी झक्झकाउछौँ सरकारलाई अब । अहिले सम्म बीमा प्राधिकरणको निर्देशन मात्र छ अब विस्तारै सरकारले पनि यसमा ध्यान दिन्छ । अबको बजेटमा लघु बीमाको विषय पनि समावेश गराउन हामी पहल गर्छौँ । आशा यही छ । सरकारले लघु बीमालाई पनि समावेश गर्छ ।

लघु बीमाको विषयमा सचेतना बढाउन गार्डियन लाईफ इन्स्योरेन्स कम्पनीको आगामी दिनको लागि योजना कस्तो छ ?

हामिले विभिन्न वित्तिय संस्थाहरू,स्थानीय निकायहरू, सामाजिक सस्थाहरूसँगै समन्वय गरेर बीमाको विषयमा जनचेतना फैलाइरहेका छौ । कुनैपनि मान्छेको मृत्यु हुदाँ सामाजिक क्रियाकलापले गर्दा खर्च धेरै हुने गर्छ । खर्च व्यवस्थापनको लागि ऋण लिनुपर्छ जसले गर्दा झन ऋणमा डुब्ने भए । यस्तो अवस्थामा समस्या निवारण गर्न गाड्रियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको विषयलाई गहिराईले बुझाईरहेको छ । कम्पनीले बीमाको पँहुच बढाउन पहल गरिरहेको छ ।