‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन–२०८० ले एजेन्टलाई थप सहयोग पुग्छ’

‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन–२०८० ले एजेन्टलाई थप सहयोग पुग्छ’


काठमाडौं–इस्योरेन्समा डिजिटल प्लेटफर्मको विकास भएपछि ग्राहकहरुले सोझै बीमा कम्पनीबाट आफूले चाहेको बीमा पोलिसी खरिद गर्न पाउँछन भन्ने बहस विगत लामो समयदेखि चल्दै आएको हो । त्यसो त सोझै इस्योरेन्स कम्पनीमार्फत बीमा खरिद विक्रि गर्न थालेपछि इस्योरेन्स एजेन्टहरु किन चाहियो भन्ने प्रश्नमा विगत लामो समयदेखि इस्योरेन्स र रि–इस्योरेन्स र प्राधिकरणमै बसेर काम गरेका गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन–२०८०ले बीमा क्षेत्रको डिजिटल कारोबार र इस्योरेन्स एजेन्टहरुलाई थप सहयोग पुग्ने बताएका छन । बैंकिङ्ग समाचारले सञ्चालन गर्र्ने ‘इन्स्योरेन्स इन्साइट’ विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन। उनी भन्छन, ‘प्राधिकरणले डिजिटल कारोबारका लागि विगत लामो समयदेखि पहल गरेको थियो । ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन २०८०’ ले बीमा कारोबारमा थप मद्दत पुग्छ ।’

बीमा क्षेत्रलाई डिजिटल कारोबारमा परिणत गर्न नेपाल बीमा प्राधिकरणले अर्को पहल गरेको छ । नेपाल बीमा प्राधीकरणलेख ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन २०८०’ को मस्यौदा तयार पारेको छ । बीमकहरुबाट हुने गतिविधिलाई पारदर्शी र प्रविधियुक्त बनाउनका लागि प्राधिकरणले यो मार्गदर्शनको मस्यौदा तयार पारेको हो । डिजिटल माध्यमबाट इन्स्योरेन्स प्रोडक्टको प्रवद्र्धन तथा पोलिसी खरिदबिक्री गर्नका लागि यो मार्गदर्शन लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

यस्तो डिजिटल पोलिसी गाइडलाइनले एजेन्टहरूलाई फाइदा हुने सिइओ भण्डारीको धारणा छ । उनी भन्छन, ‘एजेन्ट कम्पनी आइराख्नु परेन । बस चड्नु पनि परेन । बाइक गुडाउन पनि परेन । एजेन्टहरुले घरमा बसेर इन्स्योरेन्स गराउन प्रेरित गर्न सक्छन् । एजेन्ट घरघरमा बीमा गराउँदै हिँड्नु परेन । यसले एजेन्टको काममा सहजता पुर्याउँछ ।’ भण्डारीका अनुसार एजेन्टले कागजरहित कारोबारबाट हटेर डिजिटल प्लेटफर्ममा बसेर बीमा गराउँदा स्मार्ट पनि देखिन्छ । भौतिक रुपमा हुँदै आएको बीमा सम्बन्धी कामहरु अनलाइनबाटै गर्दा स्मार्ट व्यवस्थापन हुने भण्डारीको बुझाई छ । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सुरुवात चरणबाट नै डिजिटल पोलिसी किन्न र बुझ्न पाइने व्यवस्था गरिरहेको उनले बताए । उनी भन्छन, ‘गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको एप्स डाउनलोड गर्ने वित्तिकै जहाँ पनि, जुनसुकै बेलापनि डिजिटल सेवा लिन सकिन्छ । हामीले यस्तो प्रणालीको शुरुवात गरिसकेका छौँ । यसले मोबाइलबाट नै बीमकको हातमा पोलिसी प्राप्त हुन्छ ।’

‘इन्स्योरेन्स पोलिसी गाइडलाइन २०८० को मस्यौदामा के छ ?

नेपाल बीमा प्राधिकरणले बीमकहरुबाट हुने गतिविधिलाई पारदर्शी र प्रविधियुक्त बनाउन ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन २०८०’ को मस्यौदा तयार पारेको छ ।

जीवन र निर्जीवन बीमक तथा लघु जीवन र निर्जीवन बीमकहरुले अब डिजिटल इकोसिस्टमको प्रयोग गरी बीमा पोलीसी खरिद बिक्री गर्न सक्नेगरी मस्यौदा ल्याइएको प्राधिकरण बताउँछ । तर बीमकले ग्राहकको डिजिटल इन्स्योरेन्स अकाउन्ट (डिआईए) खोली डिजिटल माध्यमबाट पोलिसी खरिद विक्री गर्नुपर्ने हुन्छ । यसका लागि बीमकले ग्राहकको अकाउन्ट खोलेर युजर नेम र पासवर्ड उपलब्ध गराउनुपर्ने उक्त मस्यौदामा उल्लेख गरिएको छ ।

डिजिटल अकाउन्ट खोलेपछि नियामकले मापदण्डअनुसार ग्राहकको केवाईसी अद्यावधिक गर्नुपर्ने अनिवार्यता मार्गदर्शनमा छ । ग्राहक डिजिटल अकाउन्टको नम्बर युनिक हुनुपर्ने व्यवस्था गर्नुपर्ने पनि प्राधिकरणले जनाएको छ । यसका लागि ग्राहकको ई–मेल आईडी वा मोबाइल नम्बर अनिवार्य रहेको उल्लेख छ । यसैगरी नियामक स्वीकृत गरेबमोजिम बीमकले डिजिटल माध्यमबाट बीमा व्यवसाय गर्न ई–प्रपोजल तयार गर्नुपर्ने मार्गदर्शनमा प्रस्ताव गरिएको छ । ई–प्रपोजलमा अभिकर्ताको पूर्ण विवरण पनि समावेश गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ ।

यसैगरी डिजिटल इन्स्योरेन्स अकाउन्टमार्फत हुने पोलिसी बिक्री तथा नवीकरणको भुक्तानी पनि विद्युतीय माध्यमबाटै हुनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव मार्गदर्शनमा गरिएको छ । यसका लािग बीमकले इजाजतप्राप्त भुक्तानी सेवा प्रदायक वा मोबाइल तथा इन्टरनेट बैंकिङ्गको प्रयोग गर्नुपर्ने हुन्छ ।

बीमकले दाबी भुक्तानी पनि डिजिटल माध्यमबाटै गर्नुपर्ने अनिवार्यता मार्गदर्शनमा गरिएको छ । यसका लागि बीमकले सम्बन्धित भुक्तानी सेवा प्रदाक कम्पनीसँग आवश्यक सम्झौता गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा प्रस्ताव गरिएको छ । प्राधिकरणले मस्यौदा तयार पार्दै विज्ञहरुबाट रायसुझाव माग गरेको छ ।