स्वदेमै सम्भव छ

मुठा ग्रामः न टिप्ने झन्झट, न पखाल्नुपर्ने पिर !

मुठा ग्रामः न टिप्ने झन्झट, न पखाल्नुपर्ने पिर !


काठमाडौं-हरियो साग-सब्जिको तरकारी नेपाली खानाको विशेषता नै मानिन्छ । हरियो साग-सब्जी बिनाको खाना धेरैलाई मन नपर्न पनि सक्छ । साग सब्जी टिप्ने, धुने काम धेरैलाई झन्झटिलो पनि लाग्छ । कुनैबेला यो सब काम गर्ने समय पनि हँुदैन । यस्तो झन्झटको समाधान हो ‘मुठा ग्राम’ । व्यस्त समयको सदुपयोग र स्वस्थ जीवनशैलीलाई आधार मानेर खोलिएको कम्पनी हो ‘मुठा ग्राम’ ।
स्वदेमै सम्भव छ (भिडियो)

सन २०१२ तिर लण्डनमा विध्या लक्ष्मी गुरुङ्ग आफ्नो श्रीमानसँग व्यस्त जीवनमा मस्त थिइन । लण्डनमा सपिङ्ग जाँदा सुपरमार्केटमा तरकारी र साग सजिलै प्याकेटमा पाइने । धुनै नपर्ने । पखालेर सफा बनाईएको । यस्तो काईदाको कुराले विध्यालाई आकर्षित गर्यो । त्यतीेबेला उनले नेपालमा पनि यस्तै व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने उत्सुक्ता लागेको थियो । तर पछि बुबालाई क्यान्सर लागेपछि उनी स्वदेश फर्किनु पर्यो । उनी भन्छिन, ‘मलाई त्यो समयमा थाहा भयो क्यान्सर चुरोट रक्सी तथा लागुपदार्थ सेवनले मात्र हुने होइन रैछ ।

‘हाई पे्रस्टिटाइज फुड’ ले पनि क्यान्सर हुने रैछ ।’ यस्तो कुरा थाहा पाएपछि स्वच्छ खाना खानुपर्ने रहेछ, नत्र क्यान्सर जस्ता घातक रोगहरु लाग्न सक्छ भन्ने भान विद्यालाई भयो । अझ नेपाल कृषि प्रधान देश भनिसकेपछि कृषि क्षेत्रमा लागेर स्वच्छ साग सब्जी उत्पादन गनुपर्छ भन्ने उनलाई लाग्यो । यही नयाँ सोँचले ‘मुठा ग्राम’ शुरु भएको हो । उनी भन्छिन, ‘यस्तो नामले मानिसहरूमा जिज्ञासा बढाउँछ । के रहेछ भनेर खोजी पनि गर्नुहुन्छ । नयाँ पुस्ताका युवाहरुलाई यही नामबाट हाम्रो संस्कृति र चलनचल्तीलाई सम्झिरहन्छन ।’

‘न टिप्ने झन्झट, न पखाल्नुपर्ने पिर । आहा ! कति स्वस्थकर । मुठाकी सञ्चालक विध्या भन्छिन्, ‘हामीले बेच्ने साग सब्जी व्यस्त दैनिकीमा छिटो र सजिलो छ । काठमाडौंमा डेरामा बस्ने युवाहरु छन । विद्यार्थीहरु छन । उनीहरूको लागि मुठाको सेवाले सजिलो भएको छ ।’ मुठाको फर्म थेचोमा छ । धेरै महिला दिदी–बहिनी मुठामा काम गर्छन । फर्ममा साग रोप्ने, सफा गर्ने प्याकिङ्ग गर्ने काम हुन्छ ।

उनका अनुसार शुरुमा विभिन्न प्रकारको साग रोपिन्छ । हरेक दिन सागमा लाग्ने किरा टिप्न मात्र दुई जना छुट्टयाइएको छ । साग टिपेर शुरुमा केलाएर राखिन्छ । त्यसपछि चरण–चरण गरेर सफा गरिन्छ । यसरी तयार भएका प्याकेजिङ्ग बजार पठाईन्छ । व्यस्तताका कारण सबैसँग समय कम हुन्छ । सबै कुरा तयार गरेर बस्न असहज पनि हुन्छ । यस्ता समस्याहरुलाई समाधान गर्न मुठा ग्राम शुरु गरिएको सञ्चालक विद्य्या बताउँछिन । उनी भन्छिन, ‘मुठाको कारण सजिलो भएर होला बिक्री पनि राम्रो छ ।’
मुठाको उद्देश्य व्यस्त समयको सदुपयोग गर्नु, कृषि प्रधान देशमा नयाँ प्रणालीको प्रणाली ल्याउनु रहेको विद्याको भनाई छ । उनी भन्छिन, ‘मुठा ग्राममा सबै नेपाली उत्पादित सामान प्रयोग भएको छ । यहाँ माटो बिना पानीमा मात्र उत्पादन गरिन्छ । मुठाको विशेषता यो आधुनिक कृषिको स्वरुप हो ।’ विद्या घरको काम सकेर आफू पनि दिनभर व्यवसाय व्यवस्थापनमा लाग्छिन । उनी भन्छिन, ‘बजारमा धेरै उद्यमीहरू हुन्छन । कतिले निरन्तरता दिन नसकेर हार मानेका छन । तर त्यस्तो होइन । निरन्तरता र मेहेनतले मात्रै सफल हुन सकिन्छ ।’

उनलाई व्यवसाय सुरुवात गर्न श्रीमतीबाट साथ भएता पनि महिला उद्यमी र पुरुष उद्यमीमा धेरै फरक हुने बताउँछिन। उनी भन्छिन, ‘महिला भएर घर परिवारलाई खुशी राख्नुपर्छ अनी व्यवसायमा पनि त्यतिकै ध्यान दिनुपर्छ । महिलाहरूलाई आफ्नो व्यवसाय धानेर बस्न गाह्रो छ । ’ उनी भन्छिन, ‘म महिला हो भनेर हार मानेर नबस्नुस भन्छु । शुरुवात गर्नुस सफल पक्कै भइन्छ ।’ व्यवसाय शुरुवात त गरिन्छ तर सरकारको नीति र व्यवस्थाले धेरै व्यवसायीलाई अलमलमा पारेको महसुस गरेका धेरै व्यवसायी भेटिन्छन । त्यस्तै व्यवसायी मध्ये विद्या पनि एक हुन जसले सरकारको नियमलाई अस्तव्यस्त पाइन । उनी भन्छिन, ‘सरकारको नियममा के–के छ भन्ने नै हामी ओझेलमा थियौं । सरकारले आफ्नो नीति नियम र व्यवस्था के कस्तो छ बुझिने गरि प्रकाशन गनुपर्यो ।’ उनी भन्छिन, ‘एक वर्ष अगाडि नै हामीले निवेदन दिएका थियौं । त्यसकारण पनि कृषि ऋण पाउन सहज भयो । तर अहिले फेरि कृषि ऋण बन्द भैसकेको रहेछ ।’

पछिल्लो समय युवाहरू बाहिर जानुको कारण प्रोत्साहनको कमी रहेको उनको बुझाई छ । यसै सन्दर्भमा कुरा गर्दै उनी भन्छिन, ‘नेपालमा उत्पादन गरेपनि छिमेकी देशहरूबाट सस्तोमा सामान आइदिन्छ जसको कारण नेपालको उत्पादनमा बे्रक लाग्छ ।’ उनी भन्छिन, ‘विदेश जानु नराम्रो होइन, तर सधैंभरी त्यतै बस्नु गलत हो । विदेशबाट केही सिकेर नेपालमा फर्केर केही गरियो भने त्यो जति उत्कृष्ट केही हुँदैन ।’ नेपालमा पैसा र सीप ल्याउनु आजको आवश्यकता हो । आफू महिला भएर आफ्नो व्यवसायलाई रफ्तारमा हाँकिरहेकी विद्या अरु महिला दिदी बहिनीलाई पनि काम गर्न प्रोत्साहन गर्छिन । आफ्नो व्यवसाय गर्दा जति नै भएपनि कमाई हुदाँ निडर महसुस हुन्छ ।

उनी भन्छिन,‘बच्चाहरुले आमाबाट छिटो सिक्छन । आमाको कामबाट बच्चाहरू प्रेरित हुन्छन । त्यसैले सबै आमाहरूले काम गरेको राम्रो हो ।’ उनी थप्छिन, ‘महिलाहरु पुरुषको तुलनामा जोखिम लिन डराउँछन । त्यसको कारण पनि सानो सानो कामलाई महिलाले सहजीकरण गर्न सक्ने क्षमता हुन्छ । पुरुषको तुलनामा महिलाहरूमा धैर्यता बढि हुन्छ । उनीहरुमा अहम कम हुने भएकोले व्यवसाय डुब्ने सम्भावना कम हुने उदाहरण दिँदै महिलाहरुले आफुले नै केही गर्न उनी सल्लाह दिन्छिन । पछिल्लो समय समय बीमा अत्यन्तै आवश्यक रहेको बताउँदै उनी भन्छिन, ‘आगामी दिनमा जे पनि हुन सक्छ । त्यसैले बीमा हरेक व्यवसायीहरूले गर्नुपर्छ ।’