एनआईसी एशिया बैंक बिरुद्ध उजुरी बोकेर पीडितहरु राष्ट्र बैंकमा १

एनआईसी एशिया बैंक बिरुद्ध उजुरी बोकेर पीडितहरु राष्ट्र बैंकमा १

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार । 
एनआईसी एसिया बैंकले बढी व्याज लिएको भन्दै कोरोना महामारीका बेला ऋणीलाई दुख दिएको, सम्पत्ति कव्जा गर्ने रणनीति बनाएको आरोपमा उक्त बैंक विरुद्ध राष्ट्र बैंकमा पीडितहरुले निवेदन दिन थालेका छन् । एनआईसी एसिया बैंक बिरुद्ध एकसातामा करिव दुइदर्जन उजुरी राष्ट्र बैंकमा परेका छन् । एनआईसी एसिया बैंकका विरुद्ध केही निवेदनहरु आएको र सो को अध्ययन भइरहेको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् । उनका अनुसार एनआईसी एसिया बैंकका बिरुद्ध यसअघि पनि केही उजुरीहरु आएका छन् । अहिलै यसबारे केही भन्न नसकिने र अध्ययन भएपछि मात्रै कार्बाहीका बारे पहल हुन सक्ने उनले बताए । उनका अनुसार अहिले निवेदनका बारे सत्य तथ्य बुझ्ने र त्यसबारे अध्ययन गर्ने काम भइरहेको छ । एनआईसी एसिया बैंकले कोरोना महामारीका बेला ऋणीलाई व्याज बढाउने र आतंकीत पार्ने काम भएको भन्दै बीराटनगर र बुटवलका व्यबसायीहरुले एनआईसी एसिया बैंक बिरुद्ध सो बैंकले गरेको गैरजिम्मेवारी बारे बोल्न थालेका छन् । बैंकको चर्को व्याजले कोही उठीबास भएका छन् भने कोही घरकव्जाबाट त्रसित छन् । सहकारीको भन्दा चर्को व्याज बनाएर ग्राहकलाई ठगी गरेको छ । बैंकले घर कर्जामा १६ प्रतिशत ब्याज लिएको भेटिएको छ । त्यसैगरी सवारी कर्जामा १५ प्रतिशत ब्याज लिएको पाइएको छ । बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । विराटनगर शाखाबाट घर कर्जा लिएका ग्राहकाई १५।७० प्रतिशत व्याज बुझाउन बैंकले पत्र काटेको छ । उनले राष्ट्र बैंकमा उजुरी गरेपछि mयो कुरा बाहिर आएको हो ।

कोरोना कतिपय बैंकहरुले आधार दर वा आधार दरमा थोरै प्रतिशतमात्रै प्धा बैंकले आधार रदरमा ९ प्रतिशत बढी प्रिमियम जोडेर ब्याजदर करीब १६ प्रतिशत बनाएको छ । अहिले लघुवित्त र सहकारीको व्याजदर १४ देखि १५ प्रतिशतसम्म छ । नआईसी एसिया बैंकले बुटवल, बीराटनगर र पाल्पा शाखाबाट धमाधम ऋणीमाथि पत्र काटेको छ । अन्य केही शाखाबाट पनि ऋणीहरुलाई फोन गर्ने काम भएको उद्योग वाणिज्य संघ बिराटनगरका एक अधिकारीले बताएका छन् । संघमा आबद्ध रहेका धेरै जनालाई बैंकले टेलिफोन गरेको उनले बताए । केहीलाई पत्र काटीएको छ, अरुलाई व्याजदर बढेको र भुक्तानीमा ढिलाई भए धितो कव्जा गर्ने धम्कि आएको उद्योगी रामलाल शाहले बैंकिङ खबरलाई बताए । बैंकले बैशाख १ गतेको मितिमा पत्राचार गरेको छ । अर्का ऋणी दिनेश सुवेदीका नाममा काटीएको पत्रमा पनि व्याजदर १५ दशमलव ७० प्रतिशत तोकिएको छ ।

बारबार बदनाम हुँदै एनआईसी एशिया बैंक
यस अघि पनि उक्त बैंकले पटक पटक ग्राहकमाथि ठगी गरेको धेरै उजुरीहरु राष्ट्र बैंकमा परेका छन् । ५ महिना अघि एनआइसी एशिया बैंकले ऋणीलाई प्रताडित बनाएको विषयले राष्ट्रिय बहसको स्वरुप लिएको थियो । उक्त बैंकले गरेका ठगी तथा ग्राहकप्रतिको ज्यादतीका विषयलाई लिएर राष्ट्र बैंक, बैंकर्स संघ तथा विभिन्न संघसंस्थामा बहस भएपछि एनआइसी एशिया बैंकलाई राष्ट्र बैंकले सचेत गराएको थियो । बढी जरीवाना लिएको, पुनरकर्जा नदिएको, लकडाउनको समयमा राष्ट्र बैंकले उपलव्ध गराएको सुविधा समेत ग्राहकलाई नदिएको, ऋण तिर्न ढिला भएकाहरुलाई कालो सूचिमा हालीदिने धम्की दिएर बारबार पैसा मागेर तनाब दिएको लगायतका विषयमा राष्ट्र बैंक र बैंकर्स संघमा छलफल भइसकेको छ । बैंकर्स संघको कैयौं बैठकमा समेत यस बारे बहस चल्दै आएको थियो । एनआइसी एशिया बैंकका कारण बैंकिङ क्षेत्रकै बदनाम भएको भन्दै बैंकरले राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । पछिल्लो समय एनआइसी एसिया बैंकबाट पीडीत भएकाहरु संगठीत हुँदै गएपछि विषयले फेरि पनि ठुलो रुप लिएको छ ।

एनआइसी एसिया बैंकले ज्यादती गरेको विषयमा विभिन्न ठाउँहरुमा उद्योग वाणिज्य संघ नै विरुद्धमा उत्रिएको छ । त्यसैगरी पर्यटन व्यबसायीहरु, होटल व्यबसायीहरु, यातायात व्यबसायीहरु, विद्यालय एवं शैक्षिक संस्थाका विभिन्न संगठनहरु प्याव्सन, एनप्याव्सन, अभिभावक संघ नेपाल, नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी संघ, सुनचाँदी ब्यवसायी महासंघ जस्ता संस्थाहरु पनि एनआइसी एसिया बैंकले गरेको ज्यादतिका विरुद्धमा छन् । ती संस्थामा आबद्ध भएका कैयौ व्यापारी व्यबसायीलाई एनआइसी एसिया बैंकले ऋण नतिरेको भन्दै राष्ट्र बैंकको नीति विपरीत व्याज बढाृउने र धितो कव्जा गर्ने गर्दै आएको छ ।