सुरक्षित रहौं, बैंकिङ्ग कारोबार घरमै बसेर गरौं

सुरक्षित रहौं, बैंकिङ्ग कारोबार घरमै बसेर गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार । 
बढ्दो कोरोना संक्रमण र लकडाउनका कारण यतीबेला सबैजसो कारोबार ठप्प छन् । बैंक तथा वित्तिय संस्थाहरुपनि सिमित स्थानमा मात्रै खुलेका छन् । त्यसैले मोवाईलको रिर्चाज, साना–साना बिल भुक्तानीदेखि ठुला–ठुला कारोबार पनि अनलाईनबाटै गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले आम जनता जानी–नजानी अनलाईन कारोबारप्रति आकर्षित भइरहेका छन् । यसले मानिसको व्यवहारमै परिवर्तन गरिदिएको छ । सूचना प्रविधिमा भएको विकाससँगै स्मार्ट फोनको पहुँचमा भएको विस्तार र इन्टरनेटको सरल पहुँचले गर्दा डिजिटल बैंकिङको विस्तारमा निकै टेवा पुगेको छ । कोभिड–१९ को नियन्त्रण तथा रोकथाम गर्नको लागि गरिएको लकडाउन र सुरक्षित रहन भौतिक दुरी कायम गर्नुपर्ने बाध्यताले गर्दा पनि ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गर्नतर्फ थप प्रेरित र आकर्षित गरेको छ । 

 

"सुरक्षित रहौं, बैंकिङ्ग कारोबार घरमै बसेर गरौं।" #StaySafeGoDigital #GlobalIMEBank #TheBankForAll

Posted by Global IME Bank Limited on Wednesday, May 5, 2021

यो युग भनेको डिजिटल ट्रान्सफर्मेसनको हो । यकातिर पुर्वाधार निर्माण र अर्कातिर यसको प्रयोगको बारेमा दिने सूचना तथा जानकारी यी सबै कुरा यतीबेलाका चुनौतिहरु हुन् । डिजिटल बैंकिङ्गको प्रयोगमा बैंकहरुले नयाँ पुस्तालाई फोकस गरेको पाईन्छ ।  डिजिटल बैकिङ्गको प्रयोगका लागि वित्तिय ज्ञान अपरिहार्य छ । वित्तीय साक्षरतामार्फत डिजिटल बैकिङ्गमा प्रयोग हुने प्रविधिका उपकरणहरुको प्रयोग गर्ने तरिका र त्यसबाट हुने लाभ बारेमा जनसमुदायमा ठूलो शिक्षा दिने गर्छ। वित्तीय साक्षरतामार्फत नै समुदायमा पैसाको महत्व, त्यसको सदुपयोग र बचत मात्रै नभई डिजिटल प्रणालिका बारेमा समेत ज्ञान प्रदान गर्न बैंकहरु लागिपरेका छन । विश्व बैंकिङ जगतले ग्राहकहरुलाई धेरैभन्दा धेरै सुविधा दिने उद्देश्यले विद्यमान अवस्थामा विकसित भइरहेका नवीनतम प्रविधिमा आधारित रहेर आफ्ना डिजिटल सेवाहरु प्रदान गर्ने प्रयास गरिरहेका छन् । यसले ग्राहकहरुलाई परम्परागत बैंकिङ प्रणालीभन्दा केही फरक गर्ने कोसिस भैरहेको देखिन्छ । किनकि आजको विश्वव्यापी सूचनारप्रविधिको युगमा बजारमा माग भएबमोजिमका गतिशील बैंकिङ सेवाहरु प्रदान गर्न सक्नुपर्छ र त्यो नै अहिलेको आवश्यकता हो । 

मोबाइल फोन, इन्टरनेट, कम्प्युटर लगायत अन्य संचारका साधनहरु डिजिटल बैंकिङ माध्यमका आधुनिक पूर्वाधारहरु हुन् । डिजिटल बैंकिङले मुलतः सेवाग्राहीहरुले गर्ने दैनिक कारोबारलाई नयाँ प्रविधिद्वारा सम्बन्ध स्थापित गर्ने काम गर्छ । वर्तमान अवस्थामा हरेक भौगोलिक क्षेत्रको जनसंख्या आफ्नो यथेस्ट समय सामाजिक सञ्जाल तथा मोबाइलमा सबैभन्दा धेरै समय बिताउने यस्ता प्रविधिमार्फत मानिसहरुलाई बैंकसँग जोड्न सकिन्छ । 

यस्तै नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई संक्रमणको जोखिमबाट बचाउन जोखिम न्यूनीकरणका विभिन्न उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । कर्मचारीहरूको समूह विभाजन गरी एक समूहको अर्को समूहसित प्रत्यक्ष सम्पर्क नहुने व्यवास्थ गर्न तथा रिमोट एसेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क जस्ता उपाय अवलम्बन गर्न राष्ट्र बैंकको सुझाब छ । संक्रमणको शंका लागेका बिरामीलाई तत्काल आइसोलेट गरी परीक्षण गर्न र कन्ट्र्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्नसमेत निर्देशन गरिएको छ ।

राष्ट्र बैंकसँगै अन्य बैंक तथा वित्तिय संस्थाहरुले पनि ग्राहकहरुलाई सकेसम्म बैंकका शाखामा नआउन आग्रह गरेका छन । कर्मचारीहरुलाई ‘वर्क फर्म होम’ को पालना गर्न आग्रह गर्दै बैंकहरुले ग्राहकहरुलाई उल्लेखिय सेवा प्रदान गरिरहेको पाईन्छ ।