बैकिङ्ग शिक्षा

वित्तीय साक्षरता श्रृंखला २ः डिजिटल साक्षरता सम्बन्धी सांसदहरुको बुझाई कस्तो ?

वित्तीय साक्षरता श्रृंखला २ः डिजिटल साक्षरता सम्बन्धी सांसदहरुको बुझाई कस्तो ?

सृष्टि पराजुली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–डिजिटल साक्षरता मानिसहरूले गर्ने डिजिटल सामग्रीको प्रयोग र यससम्बन्धी उनीहरूको बुझाइलाई जनाउँछ । इन्टरनेटको आगमन र सामाजिक सञ्जालको प्रयोगले कम्प्युटर,मोवाइल,ल्यापटप जस्ता डिजिटल उपकरणहरूको ज्ञानलाई महत्वपूर्ण बनाइदिएको छ । नेपाल टेलिकमको तथ्यांकअनुसार, नेपालमा ९१ प्रतिशत मानिसको इन्टरनेटमा पहुँच छ । स्थिति यस्तो भए पनि डिजिटल साक्षरताको कमीका कारण हामी भौतिक दुनियाँबाट डिजिटल दुनियाँमा जान सकेका छैनौं त्यसको मुख्य कारण हो डिजिटल साक्षरता । अहिले प्रविधिलाई सहि सदुपयोग र त्यसको प्रयोग गर्न नजान्दा हाम्रो जस्तो सानो मुलुकले विभिन्न चुनौतीको सामना गर्नुपरिरहेको छ ।

भिडियो रिपोर्ट

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ भन्छिन् ‘जनचेतना, नेटवर्क, डेटा सुरक्षा र समन्वयको अभावले नै हामी पछि छौं । यसमा सुचना मन्त्रालय र १५ महिना अगाडि सरकारले खडा गरेको र्इ–गभर्ननेन्स सक्रिय बनाउनैपर्छ । मन्त्रालयले स–साना कामको लागि पनि ऐन नियम पर्खिने भन्दा पनि आफैं यस्ता शिक्षाको सुरुवात गर्ने र नियमन गर्दै समय अनुसार अगाडी बढ्नुपर्छ । यो त कार्यकरी निकायले गर्ने काम हो ।

ईन्टरनेटको विकाससँगै डिजिटल प्रणालीले आफ्ना विकसीत र परिस्कृत स्वरुप प्रस्तुत गरिरहेको छ । त्यसको पछिल्लो उदाहरण हो आर्टिफिसियल इन्टिलिजेन्स् । माओवादी केन्द्रका सांसद माधव सापकोटा भन्छन, ‘हामीले बोकेको डिभाइसमा नै संसार संमकेन्द्रित भसकेको छ । यसरी हेर्दा यो परिवर्तनलाई स्विकार गरि नेपालमा पनि नीति निर्माण तह बाट यसलाई प्राथमिकतामा राखि काम गर्न ढिलाई गर्न हुँदैन । सापकोटाका अनुसार यस्ता परिर्वतनलाई हामीले स्वीकारेर प्रविधिलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्छ । डिजिटल पद्धतिको विकासका लागि युग सुहाउँदो नीति निर्माण गर्नुपर्छ । यसको लागि नियमनकारी निकायबाट प्राथमिकतामा राखेर उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्नुपर्छ ।’

तर, जुन तह र वर्गका मानिसले यसलाई बुझ्नुपर्ने हो सो अनुसारको बुझाई नभएको नेकपा एमालेका सांसद सुर्य ढकाल बताउँछन् । सुचना र प्रविधिमा अघिल्ला सरकारले गरेको कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको र यस सम्बन्धी सामान्य कुरामै पनि नीति निर्माणको तहमा भएकाहरु नै अभ्यस्त नभएको उनको तर्क छ ।

नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार २०७९ चैत महिनामा ३ करोड ५७ लाख ५३ हजार ५४२ वटा मोवाइल फोन नेपालमा प्रयोगमा छन् । उनी भन्छन, ‘त्यस्तै ल्यापटप, कम्प्युटर, आइप्याडको प्रयोग पनि बढ्दो छ । यस्ता उपकरण कसरी प्रयोग गर्ने यसबाट फाइदा कसरी लिने र सहि सदुपयोग नगर्दा के हुन्छ ? भन्ने बारे हामी जानकार छैनौं ।’नेकपा एमाले रञ्जु ठाकुरका अनुसार यस्ता उपकरणको प्रयोग गर्न सिकाउनका लागि हामीले पाठ्यक्रममा नै समावेश गरि सिकाईमैत्री वातावरण बनाउन एकदमै जरुरी छ । अबको दिनमा यस विषयमा गम्भीर छलफलको आवश्यकता रहेको उनको बुझाई छ ।

२०७८ चैतमा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा बस्ने ७३ प्रतिशत मानिसले स्मार्ट मोबाइल फोन प्रयोग गर्ने गरेको उल्लेख छ । १५ प्रतिशत नेपालीको कम्प्युटर र ल्यापटपमा पहुँच छ । ‘विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाटै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरुपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे सचेतना आवश्यक छ ।’ यो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई हो ।

केही महिना अगाडी दाहालले आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयको एक अन्तक्र्रियामा बोलेका थिए । तर यो भनाई अनुसार हामी डिजीटल रुपमा साक्षर हुनलाई कुनै अभ्यास गरेका छौ त ? दुनियाँ जुनरुपमा प्रविधिमैत्री बन्दै गएको छ । त्यसै अनुरुप हामी अगाडी बढ्दै बढी भन्दा बढी लाभ लिंदै अगाडी बढ्नुको विकल्प छैन । प्रविधिको गलत प्रयोगले ल्याउने चुनैतीप्रति पनि हामी उत्तिकै सजग बन्न आवश्यक छ ।